बुटवल २ असोज
संविधान दिवस–२०७६ को अवसर पारेर रुपन्देहीको १६ वटै स्थानिय तहमा सरसफाई गरिएको छ । बुटवल उपमहानगरपालिका सहित पाच वटा नगरपालिका र १० वटा गाउपालिकामा सरसफाई संगै डेंगु रोगबारे माइकिङ गरी पर्चापम्पलेट वितरण गरी सचेतना समेत जगाइएको थियो । प्रदेश पाँच सरकारले प्रदेशका सबै स्थानीयह तहमा सरसफाई गर्न आह्वान गरे अनुसार रुपन्देहीमा कार्यक्रम गरिएको हो ।
संविधान दिवसलाई विशेष रुपमा मनाउने प्रदेश सरकारको निर्णय अनुसार सरसफाईका सार्थ प्रदेश पाँचका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरीएको छ । तीन दिनसम्म बिशेष कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश पाँच सरकारको आह्वानमा पहिलो दिन सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फेरिएको हो ।
त्यस्तै प्रदेशको राजधानी बुटवलको मुख्य चोकहरुमा राष्ट्रिय झण्डा फहराईएको छ । तीन दिवसीय संविधान दिवस बिशेष कार्यक्रमको पहिलो दिन प्रदेश राजधानी रहेको बुटवल उपमहानगरपालिकाको व्यबस्थापनमा सरसफाई गरिएको छ । डेंगु रोग बिरुद्ध सचेतना अभियानको रुपमा सामाजिक बिकास मन्त्रालयले अंगाडी बढाउने गरि सरसफाई कार्यक्रम गरिएको हो ।
प्रदेश पाँचको राजधानी बुटवलमा भएको सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल सहित मन्त्रीहरु, स्थानीय तहका जनप्रतीनीधि, सामाजिक तथा व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरु सहभागि हुनु भएको थियो ।
तीन दिन नै प्रदेशका सबै सरकारी कार्यालयहरुमा साँझ दीपावली गरिने छ ।
संविधान जारी भएको दिन शुक्रवार प्रदेश पाँचको राजधानी बुटवलमा बिशेष कार्यक्रम गरिने छ ।
त्यसैगरि सिद्धार्थनगर नगरपालिकाले विहिवार नगर क्षेत्रको बुद्धचोकदेखि देवकोटाचोकसम्म आयोजना गरेका सरसफाइको प्रदेश पाँचका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शुभारम्भ गर्नु भयो । उहाँले संविधानलाई सबैले हर्षोल्लासका साथ मनाउनु पर्ने धारणा राख्नु भयो ।