Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0
६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित
90
SHARES
ShareTweet

डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्राचार्यहरुको तिबद्धता



भैरहवा, २७ भदौ । सिद्धार्थनगर नरगपालिका क्षेत्रका विद्यालयका प्राचार्यहरुले नगरभित्र डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकभरका ६२ जिल्लामा अहिले डेंगु रोग फैलिएको छ । त्यसबाट ७ हजार बढी नागरिक संक्रमित भएका छन् ।

रुपन्देहीमा पनि डेढसयको हाराहारीमा डेंगु रोगी फेला परेका छन् । डेंगुको संक्रमण रोक्न सिद्धार्थनगरले बिहीबार नगरभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रचार्यसँग छलफल गरी सबैलाई आआफ्नो क्षेत्रबाट प्रयास गर्न अनुरोध गरेको छ ।


नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरभित्र डेंगुको संक्रमण देखिन थालेको भन्दै विद्यालयहरुले पहल गरे त्यसबाट बच्न सकिने बताउनु भयो । उहांले विद्यार्थीलाई डेंगुको लक्षण, रोकथाम र उपचार विधिबारे तथा बच्ने उपायबारे कक्षा–कक्षा पुगेर जानकारी गराउन प्राचार्यहरुलाई आग्रह गर्नुभयो । नगर प्रमुख अधिकारीले विद्यार्थीलाई डेंगुबारे जानकारी गराउन सके परिवार पनि यो रोगबाट बच्न सक्ने भएकाले यस्ता प्रयास थालिएको उहांले बताउनु भयो ।


प्राचार्यहरुले आफूहरुले विद्यार्थीमार्फत् अभिभावकलाई पनि सचेत गराउने अभियान चलाउने प्रतिबद्धता जनाएका छन् । यसअघि नगरपालिकाले डेंगु नियन्त्रणका लागि जनप्रतिनिधहरुको नेतृत्वमा सचेतनाका कार्यक्रम गरिरहेका छ । नगरपालिकाले प्रत्येक स्कुलमा पुगेर पम्पलेट वितरण, विद्यालयहरुमा पठनपाठन सुरु गर्नुपूर्व शिक्षकले डेंगुबारे विद्यार्थीलाई जानकारी गराएर मात्रै पढाउने, प्रत्येक वडा कार्यालय मार्फत् डेंगुबाट बच्ने उपायबारे जानकारीमूलक पर्चापम्पलेट वितरण, वडावडामा स्वास्थ्य स्वयम्सेविका परिचालन गरी सचेतना फैलाउने, संचारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गर्दै आएको छ । नगरपालिकाले डेंगुको वासस्थान मास्न विशेष अभियान चलाउने तयारी समेत गरेको उपप्रमुख उमा काफ्लेले जानकारी दिनुभयो ।


एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । दिउँसोमा मात्रै टोक्ने यो लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै डेंगु रोग सार्दछ । डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु भएको चिकित्सक बताउँछन् । यस्तै, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस् हुनेलगायत डेंगुका लक्षणहरु हुन् ।
चिकित्सकहरुले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुको विकल्प नरहेको बताउँछन् । चिकित्सकका अनुसार पानी जम्ने ठाउँ नष्ट गर्ने, पानी ट्यांकीलाई छोपेर राख्ने, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने, झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्ने, घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गरेका डेंगुबाट बच्न सकिन्छ ।

≪ Previous Post

आजको राशिफल ( २७ भदौ २०७६ शुक्रवार)

Next Post ≫

सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध सडक सुचारु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क