Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा
60
SHARES
ShareTweet


बुटवल,
नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको हो । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो ।
टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यानमारलेसमेत लागु गर्ने तयारी गरेको छ । सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको टोली यहाँ आएको हो ।
म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागि टोलीले बुधबार बुटवल उपमहानगरपालिकाको अध्यय्न अबलोकन गरेको हो । उक्त टोली गत आइतबार देखि नेपालमा छ । टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको समेत अवलोकन गरेको छ ।
बुटवल उपमहानगरपालिकाले नेपालमै नमुना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको भन्दै सुरुमे यहीँ आएको टोलीका संयोजक म्यानमारका मन्त्री थानले बताउनुभयो । मन्त्री थानले आफुहरुले पनि यो कार्यक्रम म्यानमारमा लागु गर्न चाहेकोले आवश्यक कुरा नेपालबाट सिकेको प्रतिक्रिया दिनुभयो ।
सो टोलीलाई उपमहानगरपालिकाका कार्यवहाक प्रमुख प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले स्वागत गर्दै बुटवलको पञ्जिकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
उनीहरुले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जिकरणको अध्यय्न पछि म्यानमारको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने छ ।
बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारेमा टोलीले विशेष चासो दिएर अध्यय्न गरेको कावा प्रमुख आचार्यले बताउनुभयो ।
उक्त टोलीले वडा स्तरबाट भइरहेका कामहरुको बारेमा पनि विशेष चासो दिएको थियो । सोही क्रममा बुटवलको ५ नंम्बर वडा कार्यालयमा पुगेर त्यहाँको सेवाप्रवाहका बारेमा विशेष जानकारी लिएको वडा अध्यक्ष तेजप्रसाद विकले बताउनुभयो । त्यहाँ पुगेर सफ्टवेयर देखि सेवाग्राहीका सन्तुष्टि र सुरक्षा व्यवस्थाका उपायहरुका बारेमा जानकारी लिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
बुटवलका महाशाखाहरुबाट भइरहेका कामहरु र पञ्जीकरणको अवस्था, सामाजिक सुरक्षा भत्ता लिनेहरुको अवस्थाका बारेमा जानकारी लिनुका साथै सेवाग्राहीसंग अलग–अलग प्रतिक्रियासमेत लिएको उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुलशा अर्यालले जानकारी दिनुभयो । बुटवलमा ८ हजार ५ सयजनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

≪ Previous Post

७० बर्षीय महिला मृत भेटिइन्, हत्याको आशंका

Next Post ≫

बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क