बुटवल
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको चौथो अधिबेशनले नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ । अधिबेशनको निर्वाचन प्रकृया जारी रहदै गर्दा वर्तमान उपाध्यक्ष रहनु भएका ओम प्रसाद ज्ञवालीको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा गोपाल प्रसाद ज्ञवाली,सचिबमा तिर्थराज पगेनी,कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,सह सचिबमा झपट बहादुर गुरुङ जेवी चयन भएको निर्बाचन समितिले जनाएको छ । त्यस्तैगरि सदस्यहरुमा अरुण कुमार श्रेष्ठ,रणबहादुर खनाल राम बहादुर थापा ,दुर्गा नेपाल, नमनारायण बेल्बासे ,डोलराज बस्याल र विष्णु गौतम चयन हुनु भएकोे प्रमुख निर्बाचन अधिकृत प्रा.डा बुद्धबहादुर थापालेबताउनु भयो ।
टेलिभिजनको अधिबेशन भदौ २७ गतका लागि तय भएको भएपनि निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता प्रकृयासम्म आउदा नयाँ नेतृत्वका लागि आवश्यक पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी नपरेपछि नेतृत्व चयन ,सर्वसहमत भएको निर्बाचन अधिकृत यमलाल भुसालले बताउनु भयो । बुद्ध टेलिभिजन अहिले केबुल नेटवर्क, डन , सिम, क्लियर टिभि नेटर्वक मार्फत देशभर २४ घण्टा नै प्रशारणमा रहेको छ । १२ वर्षमा टेलिभिजन प्रवेश गर्दा समाचार , मनोरञ्जन , जनचेतना , शिक्षा ,स्वास्थ्य र विभिन्न भाषामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
