Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0
प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्
70
SHARES
ShareTweet

सलिम अन्सारी, प्यूठान २६ भाद्र

जिल्लाकै पुरानो र ठूलो प्युठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो । हाल एकजना पनि दरबन्दिका विशेषज्ञ चिकित्सक छैनन् । करारका दुई जना डाक्टरको भरमा सरकारी अस्पताल धानिएको छ।

दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा उपचारका लागि आएका बिरामीले यहा सास्ती खेप्नुपरेको छ ।

दैनिक २५० बढीले ओपीडी सेवा र भर्ना भई उपचार हुने अस्पताल विशेषज्ञ चिकित्सक बिहिन अबस्थामा छ। बिरामीहरू उपचार नगरी घर फर्कन बाध्य छन ।

निकसाइमन इन्स्टिच्युटले छात्रवृत्ति करारमा पठाएका एमबीबीएस डा। सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन् ।

चिकित्सक अभावका कारण २४ घण्टा डिउटी गर्नुपरेको डा बैद्यले बताउनुभयो । समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति छ उहाले भन्नुभयो । ८ जना विशेषज्ञसहित ११ औं तहको मेडिकल सुपरिटेण्डेन्टको दरवन्दी अहिलेसम्म पूरा हुन सकेको छैन ।

३ बर्ष अघि मन्त्री परिषदको निर्णयले १५ शैयाको अस्पताललाई स्तरबृद्धि गरि ५० शैयाको बनाए पनी हाल सम्म बिशेषज्ञ सेवा पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताउनुभयो।

जनशक्तिसँगै अस्पतालमा भौतिक सुविधा, प्रयाप्त औषधि र उपकरण समेत उपलब्ध हुन नसकेको उहाँको भनाई छ। औषधि किन्ने अख्तियारी कसैलाई छैन । अस्पतालको खातामा लाखौं रुपैयाँ हुँदाहुँदै पनि कार्यालय प्रमुख नभएको र अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको सुबेदिले बताउनुभयो ।

साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा थप प्रभावित भएको छ ।सोमबार अस्पतालको अवस्थाबारे बुझ्न प्युठान पुगेका प्रदेश ५ को स्वास्थ्य निर्देशनालय प्रमुख डा। विनोदकुमार गिरीसँग समेत कर्मचारीले अस्पताल अस्तव्यस्त भएको र असारदेखि पारि श्रमिक पनि नपाएको गुनासो पोखेका छन ।

निर्देशक गिरीले कार्यालय प्रमुखलाई अस्पताल छाड्नुको कारणबारे स्पष्टीकरण माग्ने र एक–दुई दिनमै काजमा प्रमुखको जिम्मेवारी तोकेर चिकित्सक पठाउने आश्वासन दिएका छ्न ।

धेरैले संघअन्तर्गतका अस्पताल रोजेकाले प्रदेशअन्तर्गतका अस्पतालमा चिकित्सकको अभाव भएको उहाले बताउनुभयो । मेडिकल अधिकृत घिमिरे र सरस्वती सुर्खेती खबरै नगरी हिँडेको पाइएको गिरीले बताउनुभयो ।

चिकित्सक सुशीला थापा सुत्केरी बिदामा छन् । दुई वर्षदेखि अस्पताल प्रशासन कर्मचारीविहीन छ । लेखापाल नहुँदा औषधि खरिदलगायतका काममा समस्या छ ।

जिल्ला स्वास्थ्य कार्यालयका लेखापालबाट काम चलाउँदै आए पनि साउन महिनायता लेखाको पूरै काम ठप्प छ । प्युठान सहित छिमेकी जिल्ला गुल्मी,बागलुङ, अर्घाखाँची र रोल्पाका बिरामीले अस्पताल भरिभराउ छ ।एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ ।

यस्तो बेला अस्पताल लथालिंग पारेर निमित्त प्रमुखले अस्पताल छाडेर गएकाले अस्पतालमा समस्या थपिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो।

‘अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो गरेका छन् ।

नेपाल समाचारपत्र दैनिकवाट


≪ Previous Post

बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन

Next Post ≫

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क