नवलपरासी, २५ भदौ । नवलपरासीको गैडाकोटमा एक जना महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् ।
घरमा एक्लै बस्दै आउनुभएकी गंैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिनु भएको हो । उहांको टाउकोबाट रगत आएकोले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
छिमेकीहरु मंगलबार राति खत्रीको घरमा जांदा खत्री मृत भेटिएपछि छिमेकीले राति नै सो वडाका वडाअध्यक्षलाई खबर गरेका थिए भने वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुर लगेर घटनास्थलको अवलोकन अनुसन्धान गरेर मात्र शव उठाएको थियो ।