Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0
कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक
60
SHARES
ShareTweet

बुटवल, १६ भाद्र
नेवा समाज अर्घाखाची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच प्रदर्शन गराएको छ ।
आईतबार साँझ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच आयोजना गरिएको थियो ।
मौलिक भैरव नाच अवलोकन गर्न हजारौ दशनार्थीहरुको भिड लागेको थियोे । मौलिक भैरव नाच अवलोकन गदै प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता प्रदर्शनले महत्वपुर्ण योगदान पराउने बताउनु भयो । नेवा समाज अर्घाखाची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले प्रत्येक एक वर्षको अन्तरालमा जन्माष्टमीदेखि तिहारको औसीसम्म यो नृत्य हुने गरेको बताउनु भयो ।
भैरव नाच अन्तरगत कालो, सेतो, रातो भैरव र डंकनीको भेषमा यसैगरि टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरानाच लगायतका नाच प्रदर्शन गरिएको थियो । नेपालको कला, संस्कृति र मुर्तिको विकासमा नेवार समुदायको योगदान रहेको सल्लाहकार देवि श्रेष्ठले बताउनु भयो ।स्थानिय नेवार युवाहरुलाई समेटेर नाचको कलाकारहरु समेत उत्पादनमा समाज लागेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । भैरव नाचको कारण प्राकृतिक प्रकोप नहुने, अनिष्ट नहुने विश्वास गरिन्छ । नेवार समुदायहरुले घण्टाकर्ण देखि चाड शुरु भएको मान्दछन । काठमाडौं, गुल्मी, अर्घाखाँची, पाल्पामा यो नृत्य देखाउने गरिएको सचिव दुर्गा श्रेष्ठले बताउनु भयो । बिस २०७५ भदौमा स्थापना भएको संस्थामा २ सय घरधुरिहरुबाट सहयोग हुँदै आएको बताईएको छ । साँझ साढे ६ वजे देखि राति साढे १० वजेसम्म नाच प्रदर्शन गरिएको थियो ।

≪ Previous Post

भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई

Next Post ≫

तातो इन्धन लगेर चिसोमा बेच्दा परिमाणमा क्षती भयो : ब्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क