Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0
भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई
110
SHARES
ShareTweet

१५ दिन भित्र ट्याँकरको मापदण्ड चेकजाँच गर्न निर्देशन



गुल्मी, १६ भदौ । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले निगमको भलवारी डिपोबाट हुने पेट्रोलियम पदार्थको आपुर्ति ब्यवस्थापनलाई सहज र सरल बनाउन थप चारवटा लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु गर्नलागेको बताउनु भएको छ ।
अहिले एक पटकमा चारवटा गाडीले मात्र लोड अनलोड गरिरहेको डिपोमा एकातिर लोड र अर्कोतिर अनलोड मात्र गर्न मिल्ने गरी यही भदौ महिना भित्र थप ४ वटा फ्लो मिटर सहितको लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु गरिने निर्देशक भट्टराईले जानकारी गराउनु भएको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा भएको पेट्रोलियम पदार्थको बिक्री बितरणको समिक्षा, २०७६÷७७ को रणनीति तर्जुमा तथा जिल्लागत ब्यवसायीहरुका समस्या बुझ्न र सुझाव संकलनका लागि आयल निगम र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले जिल्लागत रुपमा संचालन गरेको ब्यवसायी भेला अन्तर्गत धार्मिक स्थल गुल्मीको रेसुङ्गामा आयोजित भेलामा बोल्दै निर्देशक भट्टराईले ब्यवसायीका मागलाई सम्बोधन गर्दै इन्धनको आपुर्ति ब्वस्थापनलाई सहज र सरल बनाउन लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु गर्न लागिएको बताउनु भयो । ईन्धनको डिमाण्डका लागि भौचर प्रणालीको अन्त्य गरी अनलाईन प्रविधिको ब्यवस्थापनका लागि तयारी भैरहेको बताउनु भयो ।
निर्देशक भट्टराईले १५ दिन भित्र भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने २६५ वटा ट्याँकरहरुको माप दण्ड चेकजाँच गर्न भलवारी डिपोका कर्मचारीलाई निर्देशन दिनु भएको छ । निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा इन्धन पठाईएको गुनासो ब्यवसायीहरुले गरेपछि निर्देशक भट्टराईले भारतको बैतालपुर गएर सबै गाडीको स्ट्याण्डर्ड जाँच गर्न निर्देशन दिनुभएको हो । उहांले ट्याँकरको क्यलिब्रेशन (ईन्धन भरिएको ट्याँकरमा तोकिएको मात्रामा इन्धन छ कि छैन भनेर नाप लिइने प्रविधि) जाँच गरी मापदण्ड ठिक भएका गाडीलाईमात्र ब्यवसायीहरुकोमा पठाउन र मापदण्ड ठिक नभएका गाडीलाई सोही मापदण्ड अनुसार डिपोमा खाली गर्न निर्देशन दिनुभयो ।
निर्देशक भट्टराईले दुरिका हिसावले पहाडी जिल्लाका ब्यवसायीको लोडलाई पहिलो प्राथमिक्ता दिन आग्रह गर्दै कुन समयमा लोड दिदा लस कम हुन्छ सोही समयमा लाडिङ्गको ब्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ । उहांले ब्यवसायीले अहिले पाईरहेको कमिशन र स्रिंकेज (तापक्रम घट्दा पेट्रोलियम पदार्थ खुम्चिएर घट्ने मात्रा) कम भएको आफुले महशुस गरेको भन्दै बृद्धिका लागि पहल गर्ने ब्यवसयीलाई आश्वासन दिनुभयो । यस्तै ब्यवसायीले राखेको धरौटी रकमको ब्याजका विषयमा पनि गृहकार्य भैरहेको उहांले बताउनु भयो । डिपो देखि पम्पसम्म लकिङ्ग सिष्टमको शुरुवात छिटै गरिने बताउदै निर्देशक भट््टराईले ब्यवसायीको माग अनुसार निजी गाडीबाटै इन्धन उपलब्ध गराउन कुनै समस्या नरहेको बताउनु भयो ।


उहांले निगम भित्रका कमी कमजोरी औलाईदिन ब्यवसायीहरुलाई आग्रह गर्दै उधारोमा इन्धन विक्री गर्ने कार्य रोक्न र अस्वस्थ प्रतिष्प्रधा नगर्न आग्रह गर्नुभयो । निगमले तोकेको मापदण्ड अनुसार पम्पको ब्यवस्थापन र भैतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिदै सक्ने जति काम आफै गर्न र नसकेका र नसक्ने कामका लागि संस्थागत रुपमा लेखेर केन्द्रमा पठाउन उहांले आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा पनि निगम नाफामा रहेको बताउंदै निर्देशक भट्टराईले आर्थिक हिसावले पनि निगम धेरै बलियो भैसकेको वताउनु भयो । उहांले ट्याँकरहरुमा लकिङ्ग सिष्टम लागु भएपछि मिसावटमा कमी आउनुका साथै दुर्घटना पनि धेरै कम भएको बताउनु भयो ।

≪ Previous Post

पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको : मुख्यमन्त्री पोखरेल

Next Post ≫

कला, संस्कृतिको जगेर्नामा भैरव नाच सार्थक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क