Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको : मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७६ · 0
पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको : मुख्यमन्त्री पोखरेल
130
SHARES
ShareTweet


बुटवल, १६ भाद्र
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

युगौंदेखि मानिदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गदै उहाँले जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाहरुले गरेको संघर्ष र यो संघर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्नु भएको छ।

जनाधिकार कुष्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीत मार्फत तत्कालीन राज्यव्यवस्था विरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्गरहेको शुभकामना सन्देशमा उल्ल्ोख गरिएको छ ।

उहाँले तीज पर्व मार्फत राजनैतिक जागरण ल्याएर नागरिकलाई संगठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन संभव भएको हो ।
संविधान जारी भएपछि चुनावमार्फत तीनै तहमा स्थापित राजनैतिक नेतृत्व संविधान कार्यान्वयनमा जिम्मेवार र जवाफदेही ढंगले अघि बढिरहेका बताउनु भएको छ ।

धेरै पहिलेदेखि एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाले स्थापित गरेका सोंच र मान्यतालाई हटाएर नयाँ व्यवस्था अन्तर्गत समाजमा सोंच र मान्यता स्थापित गर्ने काम निकै चुनौतीपूर्ण रहेको उहाँको सन्देशमा रहेको छ ।

यो चुनौतीपूर्ण यात्रामा सबैको सार्थक सहयोग र सहकार्य आवश्यक छ । जनचाहना र जन आकांक्षा अनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ । महिला सम्बन्धी विभिन्न हकहरुलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ ।

संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपील गर्दछु ।
हरितालिका ९तीज ० पर्व पारिवारिक मिलन गराउने र सामाजिक सदभाव बढाउने पर्व पनि हो ।

पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ । मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो ।

समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेको बताउदै उहाँले समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा एकजुट भई अघि बढ्न हार्दिक आव्हान गर्नु भएको छ।

≪ Previous Post

आज हरितालिका तीज

Next Post ≫

भदौ भित्रै लोडिङ्ग पोइन्ट निर्माणको काम शुरु हुन्छ : निर्देशक भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क