लाली गुराँस संरक्षित क्षेत्र र एकिकृत नमुनाबस्तीको शिलान्यास
नवलपरासी, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गर्नुभएको हो । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराइले नवलपुरको पहाडि क्षेत्र धौवादी रुद्रपुर पर्यटन क्षेत्रको लागि ज्यादै उपयुतm स्थान भएको बताउनु भयो ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाको आयोजनामा भएको रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटनसँगै पर्यटन मन्त्री भट्टराईले लाली गुराँस सरक्षित क्षेत्र घोषणा तथा धौवादी एकिकृत नमुना वस्ती शिलान्यास पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराइले नवलपुरको छिमेकी जिल्लाको रुपमा रहेको चितवन जिल्लाबाट समेत आएका पर्यटकहरुलाई नवलपुर सम्म ल्याउन धौवादी रुद्रपुरगढी आकर्षक गन्तव्यको रुपमा विकास हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । हुप्सेकोट गाउँपालिकाको यो क्षेत्र इलामको कन्याम जस्तै पर्यटकको आकर्षकको केन्द्र बन्न सक्ने सम्भावना रहेको बताउँदै मन्त्री भट्टराइले यस क्षेत्रमा रहेको मगर जातिको भाषा सँस्कृति अध्ययन र अनुसन्धानको लागि समेत मुख्य थलो बन्न सक्ने विश्वास व्यतm गर्नुभयो ।
मन्त्री भट्टराइले नवलपुरको धौवादीमा रहेको फलामखानीको उत्खनन गर्ने र व्यवसायिक प्रयोजनको लागि अगाडि बढाउन मन्त्री परिषदको बैठकले निर्णय गरेको पनि जानकारी गराउनु भयो ।
धौवादीको खानीमा रहेको फलाम विश्वकै गुणस्तरीय फलामको रुपमा रहेकोले विदेशमा समेत यसले महत्वपुर्ण स्थान लिने मन्त्री भट्टराईले विश्वास व्यतm गर्नुभयो ।
त्यस्तै पर्यटन मन्त्री योगेश भट्टराइले विकासका हरेक कार्यमा नेपाली काँग्रेस लगायत सबै राजनीतिक दलसंग सहकार्य गर्न नेकपा एमाले सधै तयार रहेकोे बताउनुभयो ।