Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन
110
SHARES
ShareTweet


बुटवल, १२ भाद्र
रुपन्देही व्यापार संघले आफ्नो स्थापना भएको दिनमा १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन गर्ने निर्णय गरेको छ । संघको बुधवार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले संघको स्थापना दिन आगामी कार्तिक २८ गते अधिवेशन गर्ने निर्णय गरेको संघका महासचिव प्रकाश ढकालले बताउनु भयो ।
संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न आवश्यक तथा अन्य विभिन्न निर्णयहरु गरेको छ । अधिवेशन अन्तरगत नया कार्यसमिति चयनका लागि हुने निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा संघका प्रेस सल्लाहाकार सुमन अधिकारी र नेपाल पत्रकार महासंघ, रुपन्देहीका सचिव राम प्रसाद आर्चाय सदस्य रहनु भएको छ ।
संघले प्रत्येक दुई बर्षमा वितरण गर्ने उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कार छनौटका लागि छनौट समिति गठन गरेको छ । गठित उत्कृष्ट पुरस्कार मुल्यांकन छनौट समितिको संयोजकमा संघका निर्वतमान अध्यक्ष संयोजक मोतिलाल पाण्डे तथा सदस्यहरुमा संघका प्रेस सल्लाहाकार सुमन अधिकारी र नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जि.सी. रहेका छन् ।
अधिवेशनलाई व्यवस्थित तथा भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्न यमलाल लाोहनीको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा रजिष्ट्रेशन उपसमिति, डिल्लीराज भण्डारीको संयोजकत्वमा दिवाभोज उपसमिति, प्रकाश ढकालको संयोजकत्वमा बार्षिक कार्यक्रम तथा कार्यक्रम तयारी उपसमिति, दिपक अधिकारीको संयोजकत्वमा आर्थिक तथा प्रायोजन उपसमिति, दयानिधि भण्डारीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, नामदेव पाण्डेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, फर्सुराम पन्तको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरिएको छ ।
अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्य १९ सहित नया समिति चयन गर्ने छ ।
यसै बीच रुपन्देही उद्योग संघको ४१ औं बार्षिक साधारणसभा तथा २१ औं अधिवेशन आगामी असोज ३० गते विहीवार हुने भएको छ । संघको भदौं महिनाको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो ।

≪ Previous Post

स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने

Next Post ≫

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क