Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने
70
SHARES
ShareTweet


बुटवल, ९ भदौ । प्रदेश पाँचको बुटवलमा लुम्विनी बौद्ध विश्वविद्यालयको मातहतमा स्नातक तहमा कानुन विषय पढाई हुने भएको छ ।
प्रदेशमा कानुनी विषयमा स्नातक तहको अध्यापन गराउने विश्व विद्यालय नभएकाले प्रदेश सरकारको आर्थिक सहयोगमा सोको व्यवस्था गरिएको हो ।
लुम्विनी बौद्ध विश्वविद्यालयको गत साउन २९ गतेको विश्व विद्यालय सभाले कानुनमा स्नातक तहको अध्यापन गराउने निर्णय गरेको हो ।
लुम्विनी बौद्ध विश्वविद्यालय लुम्विनीले सोमवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संघीय सरकारसंग प्रदेश विश्वविद्यालय स्थापना गर्ने विषयमा कुरा भैरहेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रदेशमा नयाँ विश्वविद्यालय स्थापना गर्न पहल थालेको उल्लेख गर्दै मन्त्री बरालले प्रदेश विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषदबाट निर्णय गरी काम अघि बढाएको जानकारी दिनुभयो ।
मन्त्री बरालले नयाँ विश्वविद्यायल स्थापना गर्ने सन्दर्भमा संघीय सरकारसंग सकभर अहिलेसम्म स्थापना भएका विश्वविद्यालयलाई समायोजन गर्ने गरी छलफल चलिरहेको समेत बताउनु भयो ।
उहाँले लुम्विनी बौद्ध विश्वविद्यालयसंग स्नातक तहमा कानुन विषय पढाईका लागि प्रदेश सरकारले सहकार्यको हात अघि बढाएको भन्दै त्यसका लागि आवश्यक सहयोग उपलव्ध गराउने सहमति भएको जानकारी दिनुभयो ।
मन्त्री बरालले प्रदेश सरकारले नयाँ विश्वविद्यालय स्थापना गरेर सञ्चालन गरेपनि लुम्विनी बौद्ध विश्वविद्यालयसंगको सहकार्य भने जारी नै रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालले सुरु गर्न लागेको कानुन विषयमा स्नातक तह सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो ।
५ वर्षे कानुन विषयको स्नातक तहका लागि विश्वविद्यालयले कूल ३ लाख ९७ हजार ६ सय २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
विश्वविद्यालयले जम्मा ७० जनाको कोटा निर्धारण गरेको छ । कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्य, डिन डा. माणिकरत्न शाक्य लगायतले विश्व विद्यालयले गरेका कामको वारेमा प्रकाश पार्नु भएको थियो ।

≪ Previous Post

लोक सेवा आयोगको परीक्षाको विज्ञापन सच्याउन माग

Next Post ≫

पाँच लाख धरौटी बुझाएर रवि लामिछाने रिहा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क