Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ प्रगतिशील पत्रकार संघको निर्णय : सरोकारवालासंग छलफल विना विधेयक अगाडी नवढाउन सरकारलाई आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रगतिशील पत्रकार संघको निर्णय : सरोकारवालासंग छलफल विना विधेयक अगाडी नवढाउन सरकारलाई आग्रह

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
प्रगतिशील पत्रकार संघको निर्णय : सरोकारवालासंग छलफल विना विधेयक अगाडी नवढाउन सरकारलाई आग्रह
130
SHARES
ShareTweet

बुटवल,९ भाद्र
सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी विधेयकहरु तत्काल फिर्ता गरी सरोकारवाला पक्षहरुसंग छलफल गरेर मात्र अगाडि बढाउन सरकारसंग प्रगतिशील पत्रकार संघले माग गरेको छ ।
प्रगतिशील पत्रकार संघ, नेपालले तत्काल श्रमजीवी पत्रकार ऐन कार्यान्यवन गर्न सम्बन्धित पक्षसंग माग समेत गरेको छ ।
रुपन्देहीमा सम्पन्न प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
रुपन्देहीको तिलोत्तमा र बुटवलमा दुई दिनसम्म बसेको बैठकले प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी २०७७ साल जेठभित्र सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष नारायण शर्माद्धारा जारी विज्ञप्तीमा जनाईएको छ् ।
राष्ट्रिय सम्मेलनलाई लक्षित गरी यही २०७६ भदौदेखि चैतसम्म देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने र २०७६ असोज मसान्तभित्र सबै जिल्लाको भेला, सम्मेलनको मिति तय गर्ने निर्णय गरिएको छ । त्यस्तै, २०७६ मंसिर महिनासम्ममा प्रगतिशील पत्रकार संघ नेपालका प्रदेशस्तरीय भेला र अन्तक्र्रिया गर्ने निर्णय गरिएको छ । जसअनुसार प्रदेश नं. १ मा असोज पहिलो साता, प्रदेश नम्बर ३ मा भदौको अन्तिम सातामा, प्रदेश ४ (गण्डकी) मा असोजको अन्तिम साता, प्रदेश नं. ५ मा मंसिरको पहिलो साता, कर्णाली प्रदेशमा मंसिरको दोस्रो साता र सुदूरपश्चिममा कार्तिकको अन्तिम साता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार रक्षाको प्रश्न विषयक अन्तरक्रिया गरिने छ ।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सञ्चालन गरेका आन्दोलनहरुलाई प्रगतिशील पत्रकार संघले समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी विधेयकहरु फिर्ता गराउनका लागि महासंघलाई दवाव दिने बैठकले निर्णय गरेको छ ।
त्यस्तै पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा देशमा क्रियाशील विभिन्न सञ्चार संगठनहरुसंग विगतमा गरिएका गठबन्धन र सहकार्यलाई निरन्तरता दिइने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा न्यूज २४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैली ठिक नभएको बैठकले ठहर गरेको छ । उक्त प्रकरणमा घटनाको निष्पक्ष र न्यायिक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दै कूनैपनि प्रकारको आग्रह र पूर्वाग्रह नराखी उक्त घटनाका दोषी नउम्किने र निर्दोष फस्न नहुने गरी निष्पक्षीय रुपमा अनुसन्धान गर्न आग्रह गरिएको छ ।
यसैगरी रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति प्रगतिशील पत्रकार संघ, नेपाल केन्द्रिय समिति र रुपन्देहीले शोक प्रस्ताव पारित गरेको छ ।

≪ Previous Post

आजको राशिफल (०९ भाद्र २०७६ सोमवार )

Next Post ≫

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क