बुटवल ८ भाद्र
नेकपा संसदीय दलका सचेतक तथा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताउनु भएको छ ।
लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले संघर्ष, त्याग, घृणा र तिरस्कारलाई सहेर जो निरन्तर अगाडि बढ्न सक्छ त्यो मान्छे मात्रै नेतृत्वमा पुग्न सक्ने बताउनु भयो ।
जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई मेहनत र साहषका साथ अगाडि बढे एक दिन अवस्य सफल भइने भन्दै उहाँले जुन सुकै क्षेत्रमा पनि लगनशीलता, मेहनत र साहषको आवस्यकता रहेको विचार व्यक्त गर्नु भयो । उहाँले मुलुकमा कम्लरी प्रथा अन्त्य भए पनि बर्गिय बिभेद कायमै रहेकोले समस्या अझै पनि कायम रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अपराध र अपराधिहरुका लागि कहि ठाउँ नभएको बताउनु भयो । प्रहरी महानिरीक्षक खनालले अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीलै कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।, कार्यक्रममा सृष्टि केसीले हाम्रो समाज नकारात्मक कुरालाई विश्वास गरिहाल्ने र सकारात्मक कुरामा संका गर्ने प्रबृत्ति हावी रहेको भन्दै त्यस्तो प्रबृत्ति त्याग्नु पर्ने बताउन .