Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारतको गोण्डाबाट ईन्धन आयात गरिने
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
भारतको गोण्डाबाट ईन्धन आयात गरिने
50
SHARES
ShareTweet


कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगमले भारतको गोण्डा डिपोबाट पेट्रोलियम पदार्थ आयात गर्ने भएको छ ।
यस अघि भारतकै बेतालपुर र मुगलसराय डिपो बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको निगमले नयाँ डिपो गोण्डाबाट समेत छिटै पेट्रोलियम पदार्थ आयात गर्ने भएको हो ।
नेपाल आयल निगम, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका पेट्रोलियम ब्यवसायी बिच बुधबार कपिलवस्तुमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा निगमका ५ नम्बर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज शाहले ब्यवसायीहरुको माग अनुसार वितरण प्रणालीलाई थप ब्यवस्थित गर्न गोण्डा डिपोबाट समेत पेट्रोलियम पदार्थको आयात गर्ने ब्यवस्था मिलाउन लागिएको जानकारी गराउनु भयो ।
कार्यालय प्रमुख शाहले गोण्डा डिपोबाट आयात गरिने पेट्रोलियम पदार्थ कृष्णनगर नाका हुदै नेपाल भित्रिने जानकारी गराउनु भयो । भलवारीको भण्डारण क्षमता कम रहेको र प्रत्येक बर्ष १२ प्रतिसतका दरले पेट्रोलियम पदार्थको माग बढ्दै गएकाले थप नपुग डिजल र पेट्रोल गोण्डा डिपोबाट आयात गर्न लागिएको हो कार्यालय प्रमुख शाहले भन्नुभयो ।
भलवारी डिपोबाट रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची र बागलुङ्ग समेत गरी ८ जिल्लामा पेट्रोलियम पदार्थ बितरण हुंदै आएको छ । यी जिल्लामा दैनिक पेट्रोल २५० किलो लिटर, डिजल ११०० किलो लिटर र मट्टितेल १० किलो लिटर खपत हुने गरेको छ । तर भलवारीको भण्डारण क्षमता अनुसार पेट्रोल १ दिन भन्दा कम, डिजल ३ दिन र मट्टितेल ६० दिनलाई पुग्ने छ ।
यहि अवस्थालाई मध्येनजर गरेर नपुग डिजल र पेट्रोल गोण्डा डिपोबाट आयात गरी ब्यवसायीको माग अनुसार वितरणको ब्यवस्था मिलाउन लागिएको कार्यालय प्रमुख शाहले जानकारी गराउनु भयो ।

≪ Previous Post

आजको राशिफल ( ५ भदौ २०७६ बिहिवार)

Next Post ≫

पाँच नम्बर प्रदेश मजदुर संगठनको नेतृत्वमा कंडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क