Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0
सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम
80
SHARES
ShareTweet


बुटवल, १ भदौ । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार ल्याउन शिक्षकहरुलाई सूचना प्रविधिमा जोड्ने प्रकृया अघि बढाएको छ । सैनामैनामा रहेका सामुदायिक विद्यालयका करिब दुईसय शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन आईतवारदेखि एक महिने सूचना प्रबिधि तालिम सुरु गरेको छ । तालिम सैनामैनाका बिभिन्न चार स्थानमा एकैसाथ संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले तालिमबाट अवको दुई महिनामा सैनामैनाका ७० प्रतिशत शिक्षक शिक्षिका सूचना प्रविधिमा दक्ष हुने बिश्वास ब्यक्र गर्नुभयो । उहाँले सवै सामुदायिक बिद्यालयमा ल्यापटप प्रोजेक्टर बितरण गरिसकेको र अब यसको प्रयोग कसरी गर्ने भन्ने बिषयमा दक्ष जनशक्तिमार्फत तालिम दिलाउन लागेको बताउनु भयो ।
सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले शिक्षामा बिशेष सुधारका लागि यो तालिम संचालन गरिएको बताउनु भयो । गत साल पनि यस प्रकारको तालिम संचालन गरेको तर छोटो समयको तालिम भएकोले यस बर्ष लामो समयको तालिम संचालन गरिएको बताउँदै उहाँले तालिमले शिक्षक वर्गमा क्षमताको विकास हुने बताउनु भयो ।
सैनामैनाका शिक्षकहरुको मागलाई मध्यनजर गरेर तालिम संचालन गरिएको सैनामैनाका शिक्षा प्रमुख हेमराज अर्यालले बताउनु भयो । शिक्षकहरुलाई दक्ष बनाएर कक्षा कोठामा सूचना प्रविधिको प्रयोग गर्न यो तालिम उपयुक्त हुने सैनामैनाका प्रबक्ता रत्नबहादुर पौडेलले बताउनु भयो । पर्रोहा मा.वि. का प्रधानाध्यापक बलबहादुर के.सीले यस प्रकारको तालिमले शिक्षकहरुमा अध्यापन गराउने क्षमताको बिकास हुने बताउनु भयो ।

≪ Previous Post

स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार

Next Post ≫

आजको राशिफल (२ भदौ २०७६ सोमवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क