Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0
स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार
70
SHARES
ShareTweet

श्रीमतीलाई रोजगारी र छोराछोरीलाई अध्ययनको ब्यवस्था तिलोत्तमा नगरपालिकाले गर्ने


बुटवल, १ भदौ । सवारी दुर्घटना परी सप्तरीमा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको आइतबार अन्तिम दाहसंस्कार रुपन्देहीको तिनाउ नदी स्थित मगर घाटमा गरिएको छ । हिन्दु परम्परा अनुसार स्वर्गीय पत्रकार अधिकारीलाई छोरा अदिप्सन अधिकारीले दागबत्ती दिएका थिए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीप शनिवार विहान सप्तरीको कञ्चनरुप नगरपालिका –११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।
स्वर्गीय पत्रकार अधिकारीको पार्थिव शरिरमा प्रदेश ५ का भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरी, पर्यटनमन्त्री लिला गिरी, नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रजाक, नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, प्रदेश सांसदहरुलगायत स्थानीय सरकारका प्रमुख तथा अन्य सामाजिक संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि तिनाउ नदीको मगर घाटमा राखिएको अधिकारीको पार्थिव शरिरमा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रजाकले पार्टीको झण्डा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ कार्य वाहक अध्यक्ष भरत केसी र महासंघका रुपन्देही सचिव रामप्रसाद आचार्यले महासंघको झण्डा र नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, सचिव श्यामशँकर पाण्डेले पार्टी र संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


यस्तै बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार रहेको अधिकारीको पार्थिव शरिरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले पनि संस्थागत रुपमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
आइतबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शँकरनगर स्थित अधिकारीको आफ्नै निवासमा शव ल्याएर अन्तिम संस्कारका लागि तिनाउ नदीको मगरघाटमा लगिएको थियो । सप्तरीमा भएको गाडी दुर्घटनामा अधिकारीको निधन भएको खबर संगै शनिबारदेखि नै अधिकारीको घरमा आफन्त तथा शुभेक्षुकहरुको निकै ठुलो भिड लागेको थियो ।
यसैबिच तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनको प्रचार प्रसारमा जादै गर्दा सवारी दुर्घटनामा परि मृत्यु भएका पत्रकार डायलसन अधिकारीकी श्रीमतीलाई रोजगारी र छोरा, छोरीलाई अध्ययनको व्यवस्था गर्ने भएको छ ।
मगरघाटमा आयोजित श्रद्धाञ्जली सभामा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले स्व.पत्रकार अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गदैं नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलनको प्रचार प्रसारमा जाने क्रममा सवारी दुर्घटनामा परि मृत्यु भएका पत्रकार अधिकारीकी श्रीमतीलाई रोजगारी, छोराछोरीलाई अध्ययनको ब्यवस्था संगै अधिकारीको दीर्घकालसम्म स्मरण गर्ने गरि नगरपालिकाले अक्ष्यकोषको स्थापना समेत गर्ने घोषणा गर्नुभयो ।
विगत २० वर्षदेखि बुटवललाई कर्मक्षेत्र वनाएर पत्रकारिता गर्दै आउनुभएका स्वर्गीय पत्रकार अधिकारी रेडियो नेपालको बुटवल संवाददाताका साथै आफ्नै ई–लगन अनलाईन पत्रिका संचालन गर्दै आउनु भएको थियो । अधिकारीले लामो समय रेडियो नमस्तेमा स्टेशन म्यनेजरको जिम्मेवारी निर्वाह समेत गर्नुभएको थियो ।
यसैबीच प्रदेश ५ सरकारले दुर्घटनामा ज्यान गुमाएका कलमजीवी पत्रकार डायलसन अधिकारीको अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।


सरकारका प्रवक्ता बैजनाथ चौधरीद्वारा आइतबार जारी विज्ञप्तीमा अत्यन्त मिलनसार तथा कर्मठ पत्रकार अधिकारीको निधनले स्तब्ध बनाएको उल्लेख छ ।
नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार रहेका अधिकारीका बृद्ध बाबु, श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

≪ Previous Post

बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध

Next Post ≫

सैनामैनामा शिक्षकहरुलाई प्रविधिमा सक्षम बनाउन एक महिने तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क