Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0
नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव
140
SHARES
ShareTweet

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त भएको बताउनु भएको छ । उहाँले सधै चन्दा उठाएर पार्टी चल्ने नदेखिएपछि उत्पादनमा लागेको बताउँदै सुरुवाती चरणमै उत्पादित कृषि सामाग्री आफूहरुले उपभोग गरेर पनि विक्री गर्न सफल भएको बताउनु भयो । मुलुकको विकास र समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताउँदै उहाँले आर्थिक क्रान्तिका लागि पनि कृषि क्रान्ति अनिवार्य रहेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विहिबार साँझ संघमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव विप्लवले पार्टी उत्पादनसंग जोडिएको सुरुवाती चरणमा कृषि, पशुपालन र गार्मेण्टको काम गरिएको बताउँदै अब निकट भविश्यमा उद्योगमा समेत जान चाहेको भनाई राख्नुभयो । ‘हामीले अहिले कृषि, पशुपालन र गार्मेण्ट पनि सुरु गरेका छौं’, उहाँले भन्नुभयो–‘अब सानो ठूलो जे जस्तो हुन्छ उद्योग गरौं भन्नेछ, अब बस्ने बैठकबाट त्यसको पनि निर्णय लिनेछौं ।’
उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि पुराना मान्यताहरुबाट बाहिर निस्किन नसकिएको बताउँदै पुराना मान्यताहरु रहिरहँदासम्म सारमा त्यसले कुनै अर्थ नराख्ने प्रष्ट पार्नुभयो । उहाँले नीजि क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख साझेदार रहेको बताउँदै राज्य र नीजि क्षेत्र विचको तालमेल मिलाएर अगाडी बढ्नुपर्ने भनाई राख्नुभयो । त्यसका लागि पुराना मान्यताबाट बाहिर निस्किनुपर्ने बहस आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले नेपालमा हुने अन्तर्राष्ट्रिय लगानीमा आफूहरुको विरोध नभई, त्यसरी आउने लगानी देशको हितमा हुनुपर्ने भनाई राख्नुभयो । ‘नेपालमा हुने अन्तर्राष्ट्रिय लगानीमा हाम्रो विरोध होईन’, उहाँले भन्नुभयो–‘तर अन्तर्राष्ट्रिय लगानी आउँदा हाम्रो देशलाई फाईदा हुने हुनुपर्छ भन्ने हो ।’

आर्थिक बहसले पार्टी विभाजन

महासचिव विप्लवले माओवादीमा राजनीतिक भन्दा पनि आर्थिक बहसले पार्टी विभाजन भएको बताउनु भएको छ । उहाँले युद्धकालमा अंङ्गिकार गरेका नीतिबाट नेतृत्व भागेका कारण पार्टी विभाजन भएको दावी गर्नुभयो । उहाँले युद्धकालिन अवस्थाबाट वदलिएको परिस्थितिमा युद्धकालिन समयमा लिएका आर्थिक क्षेत्रका नीतिहरु छाड्दा त्यसले एकदिन दुर्घटनामा पुर्याउँछ भन्ने कुरामा आफूहरु रहेको बताउँदै त्यसबेला नेतृत्वले व्यवहारिक जटिलता देखाएर ट्रयाकबाहिर गएका कारण माओवादी केन्द्र अहिलेको अवस्थामा पुगेको विश्लेषण गर्नुभयो ।
लडाई र क्रान्तिबाट आएको नेतृत्वले राष्ट्रिय अर्थतन्त्रलाई फरक ढंगबाट सोच्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘हामी खान नपाएर गएको होईन, २।४ करोड कमाउनको लागि पनि होईन, यो देश र जनताको लागि त्याग र बलिदानी गरेका हौं, सत्य एकदिन अवतरण हुन्छ हुन्छ ।’
उहाँले राजादेखि रविसम्म आउँदा सिद्धान्तमा फरक फरक आएपनि व्यबहारमा के फरक छ भनी प्रश्न गर्नुभयो । उहाँले देश भ्रष्ट मानसिकताको हातमा रहेको बताउँदै भ्रष्ट मानसिकतालाई नबदल्दासम्म देश बदल्न नसकिने भनाई राख्नुभयो । उहाँले अहिले सहकारीहरुमा भईरहेको बचत अपचलनको प्रसंग कोट्याउँदै सर्वसाधारणले जम्मा गरेको २।४ अर्ब अपचलन गरेर २।४ वर्ष जेल बसेर उन्मुक्ति हुन्छ भने भ्रष्टाचारले भयंकर रुप लिने बताउनु भयो । उहाँले भन्नुभयो–‘सहकारीमा रहेको बचत अपचलनमा जेलमा रहेका रविलाई उन्मुक्ति होईन, त्यस्ता अरुलाई पनि कारवाही हुनुपर्छ, बचतकर्ताको बचत रकम फिर्ता हुनुपर्छ ।’
कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले २००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना गरिएको बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक र आर्थिक क्षेत्रमा गरेको लगानी सहितको नेतृत्वदायी भूमिकाकै कारण बुटवल स्वर्णिम युगमा प्रवेश गरेको बताउनु भयो । त्यसवेला बुटवल माध्यमिक विद्यालयको सञ्चालन खर्च व्यवस्थापन गर्ने उद्देश्य सहित सुरु गरिएको उद्योग वाणिज्य संघको नेतृत्वमा समयको माग र आवश्यकता अनुसार लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल टेक्निकल इष्टिच्यूट, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल बहुमुखि क्याम्पसको विज्ञान भवन, त्यसैगरी बुटवलको आम्दा अस्पताल स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा क्याविन तथा प्रसुती भवन निर्माणका काम भएको उहाँले जानकारी गराउनु भयो । त्यसैगरी बुटवल उद्योग वाणिज्य संघले अगाडी सारेको अवधारणा अनुसार मौतिपुर औद्योगिक क्षेत्रको स्थापना भएको बताउँदै निर्माणमा भएको विलम्बले यस क्षेत्रको औद्योगिक विकासमा पनि विलम्ब भएको बताउनु भयो ।
उहाँले राजनीतिलाई उत्पादनसंग जोडेर नेकपाले राजनीतिको अन्तरबस्तु प्रष्फुटन गराएको बताउँदै उत्पादनमुखि राजनीतिले परिणाम पनि दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशमै उत्पादन भएका र आत्मनिर्भर भईसकेका बस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउँदै यस्ता कुरालाई पार्टीको नीति बनाउन सुझाव दिनुभयो । अध्यक्ष अर्यालले बुटवलको क्यासमेन्ट एरियामा पर्ने पुर्वमा वर्दघाटदेखि पश्चिममा कपिलबस्तुको शिवपुरसम्म ग्रेटर बुटवलको अवधारणामा पर्ने र यस क्षेत्रमा रहेका उद्योग तथा व्यापार व्यवसायमा तुलनात्मक रुपमा गिरावट आएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले अहिले उद्योग व्यवसाय पलायन हुने स्थितिमा पुगेको बताउँदै त्यसले उद्योग व्यवसायमा भएको ठूलो लगानी समेत जोखिममा परेको बताउनु भयो । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, खिमबहादुर हमाल लगायत उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायमा भएका जटिलता, खुला सिमा, सरकारले लिएको आयात निर्यातको नीति, कृषि उत्पादन र बजार लगायतका समस्या राख्दै नेकपाले लिएको देशको अर्थनीति, औद्योगिक नीति, निजी क्षेत्रलाई हेर्ने पार्टीको दृष्टिकोण लगायतका विषयमा जिज्ञासा राख्नुभएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

Next Post ≫

नेपाल प्रहरीको ३२ औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क