Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २२ असार २०८२ · 0
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल
120
SHARES
ShareTweet

कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरगरेका ४५१ जना स्थानीयले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् । उनीहरुलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गाधनी प्रमाणपूजा वितरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरिरहेको बताउनुभयो । उहांले जग्गाधनी प्रमाणपूर्जा पाउने कुरामा ढुक्क भएर बस्न आग्रह गर्नुभयो ।

‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौं, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौं ।’ अर्थमन्त्री पौडेलले भन्नुभयो–‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उपप्रधानमन्त्री पौडेलले आफूहरुले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाएको बताउनुभयो । ‘हामीले निर्वाचनको बेला सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुन्छ भनेर भनेका थियौं त्यो बेला भावनात्मक रुपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ । त्यसकौ उदाहरणका रुपमा देशैभर काम भइरहेको छ ।

मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले दु्रतरुपमा काम गरेको र यसको परिणाम सुरु भइरहेको उल्लेखगर्नुभयो । ‘केन्द्रमा आयोगले दु्रतरुपमा काम गरेको छ । जिल्लामा आयोगले त्यसैअनुसार काम गरेको छ । प्रदेश र स्थानीय सरकारहरुले पनि त्यसै गरेर समन्वय गरेका छन्’ मन्त्री पौडेलले भन्नुभयोे– ‘यो समस्या समाधान गर्न हामी दृढ छौं, अब चिन्ता गरेर बस्ने होइन स्थायी समाधानका लागि अघि काम बढाएको छौं । आयोगलाई कुनै आर्थिक स्रोत कमी नहुनेगरी स्रोत बनेको छ । जनशक्ति, स्रोतसाधनको व्यवस्था भएको छ, त्यसैले आयोगले पनि त्यही अनुसार काम गरिरहेको छ ।’
मन्त्री पौडेलले अहिलेको गठबन्धनको आयु ०८४ सम्म भएको दोहोराउनुभएको छ । ‘अब एउटा मात्रै समस्या होइन देशका सबै समस्या समाधान गर्ने अठोट लिएर अघि बढेका हौं, ०७९ को निर्वाचनबाट आएका परिणाम अनुसार कसैको बहुमत आएन, संसदमा धेरै अभ्यास भयो तर अरु गठबन्धन काम नलागेर निकासका लागि अहिलेको सरकार बनेको हो, ०८४ सम्म स्थायी रुपमा यो गठबन्धनले काम गर्नेछ यो स्थायित्वका लागि गरिएको हो ।’ देशमा आन्दोलनको नेतृत्व गरेका, इतिहास भएका पार्टीले निकासका लागि यसो गरेका हुन् । त्यसमा ढुक्क हुन आग्रह छ ।’ उहांले भन्नुभयो ।

कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वसांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतले बोल्दै गठबन्धन सरकारले जनताका समस्या समाधान गर्दै भूमिहिन जनतालाई लालपूर्जा वितरण गरेर सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।

≪ Previous Post

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

Next Post ≫

तिलोत्तमामा डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क