कमल चौधरी
कपिलवस्तु । ग्रामीण भेगका सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थालाई सुदृढ बनाउने लक्ष्यसहित कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा ८ मोर्मी स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूह, मोर्मीले उाहरणीय कार्य गरेको छ ।
समुदायिक वनले निरन्तर शैक्षिक र स्वास्थ्यको क्षेत्रमा लागनी गर्दै आएको छ । साथै, आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत सुत्केरी पोषण सामग्री वितरण कार्यक्रम समेत आयोजनागरी स्थानीय महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको छ ।
कार्यक्रम पहिलो पटक आयोजना गरिएको र यसले स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायको सहकार्यमा सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण समेत प्रस्तुत गरेको छ ।
‘सुत्केरीलाई पोषण कार्यक्रम नियमित होस्’
ढोडेकोल निवासी २३ वर्षीया संगिता राना सुत्केरी आमाहरुलाई वितरण गरेको सामाग्री पाएपछि निकै खुसि थिईन् । उनले हामीले सोचेका थिएनौं, वनले हामीलाई पोषणयुक्त सामाग्री वितारण ग¥यो, धन्यवाद दिन चाहान्छौं । उनि भन्छिन्, “पहिल्यै यस्ता कार्यक्रम हाम्रो वडामा भएको थाहा छैन, अहिले पो हामीले केही पोषण पाइयो, हामी धेरै खुशी छौं ।”
त्यस्तै मोर्मी निवासी २८ वर्षीया निता बुढाथोकी मगरले भनिन्–“यो सहयोगले सुत्केरी अवस्थाका महिलालाई धेरै राहत मिलेको छ, विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरूलाई यसले थोरै भए पनि रहत मिलेको छ । हामी खुसी छौं ।” यस्तै मोर्मी निवासी २३ वर्षीया अस्मिता काफ्ले भुसालको भनाई पनि उस्तै छ । उनी भन्छिन्–“महिला र बलबालिकालाई सम्मान गरियो, यस्तो कार्यक्रम नियमित गरिनुपर्छ ।”
उनीहरूको अनुभवले यो कार्यक्रमले भौतिक राहत मात्र होइन, सामाजिक आत्मसम्मान र सशक्तिकरणमा समेत योगदान दिएको देखिन्छ । यसलाई विभिन्न संघसंस्था, वडा तथा पालिकाहरुले नियमित गर्न जारुरी देखिन्छ ।
स्थानीय संस्थाको अगुवाइमा ऐतिहासिक कार्यक्रम
त्रिशक्ति सामुदायिक वनका अध्यक्ष नाथुराम थारुले मोर्मी, ढोडेकोल, चप्परगाउँ, धनेशपुर र सिसेनी बस्तीहरुमा रहेका ९१ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरेको जनकारी दिए । उनका अनुसार, “यो कार्यक्रम २०८१ सालको श्रावण देखि २०८२ असार महिना सम्म सुत्केरी भइसकेका तथा यही असार भित्र सुत्केरी हुने महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो ।” उनले अगामी दिनहरुमा अझ शिक्षा, स्वास्थ्यको क्षेत्रमा निरन्तर कार्य गर्दै जाने बताए ।
त्यस्तै सचिव भगवता बेलबासेले सबै यस त्रिशक्ति समुदायिक वन भित्रपर्ने उपभोक्तहरुको हितकको लागि आफुहरुले कार्यगर्दै आएको बताईन् । उपाध्यक्ष ज्वारिलाल घिमिरेले कार्यक्रम मार्फत प्रत्येक सुत्केरी महिलालाई घ्यु, अण्डा, मह, चना, झुल लगायत पोषणयुक्त सामग्री करिब रु. २५ सय बराबरका सामग्री वितरण गरिएको जनकारी गराए । उनले समुदायिक वनबाट यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थानीय नेतृत्व र संस्थाको सक्रिय भूमिका
टोेल विकास संस्थाकी अध्यक्ष कल्पना घिमिरेले यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन भएको बताउँदै भनिन्–“हामी महिला र बालबालिकाको स्वास्थ्य सशक्तीकरणमार्फत सामाजिक रूपान्तरणतर्फ अघि बढ्न चाहन्छौं । अब महिला सशक्तिकरणका थप कार्यक्रम पनि ल्याइनु जरुरी छ ।” स्वयमसेविका गंगा रिजालले यस्तो पोषण कार्यक्रमलाई “उत्कृष्ट कार्य” भन्दै यसको निरन्तरताको माग समेत गरिन् ।
त्यस्तै मोतीपुर स्वास्थ्य चौकीका प्रमुख भीमलाल घिमिरेले यस कार्यक्रमलाई पोषणमैत्री वडा घोषणा गरिएको यस त्रिशक्ति समुदायिक वन उपभोक्तका लागि सार्थक कदम भएको बताउँदै भने–“सुत्केरी आमालाई पोषण दिनु पुण्य कार्य हो । स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि यस्ता कार्यक्रम आवश्यक छन् ।”
वाणगंगा नगरपालिका वडा ८ का वडा प्रतिनिधि सैलेन्द्र बेलबासेले त्रिशक्ति सामुदायिक वनको यो कदम अन्य सामुदायिक वनहरूका लागि उदाहरणीय भएको बताए । उनले भने– “अब हामी स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत सहकार्य गर्दै समृद्ध वडाको निर्माणतर्फ अघि बढ्नेछौं ।”
राष्ट्रिय तहको दृष्टिकोणः सोचको रुपान्तरण अनिवार्य
महिला र नवजात शिशुको पोषण कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पोषण मात्र राम्रो भएर हुँदैन, समाज परिवर्तनका लागि घर–परिवार, संस्था र व्यक्ति सबै मिलेर सकारात्मक सोचको साथ अघि बढ्नुपर्ने आवश्यक्ता औल्याइन् । उनले कार्यक्रमलाई सामाजिक रूपान्तरणतर्फ उन्मुख सोचको सुरुवातका रूपमा वर्णन गरिन । उनले जबसम्म परिवार, समाज र संस्था सकारात्मक र दिगो सोचको दिशमा अग्रसर हुँदैन, तबसम्म कुनै पनि कार्यक्रमले स्थायी परिवर्तन ल्याउन नसक्ने बताईन । त्यस्तै उनले भनिन्,–“सुत्केरी आमालाई पोषण दिनु भनेको उनको शारीरिक अवस्था सुदृढ गर्नु मात्र होइन, नवजात शिशुको भविष्य सुरक्षित गर्नु पनि हो । त्यसलाई हामीले सोच र दृष्टिकोणमा रुपान्तरण गर्न जान्नुपर्छ ।”
दिगो सामाजिक रूपान्तरणतर्फको सार्थक पाइला
त्रिशक्ति सामुदायिक वनको अग्रसरतामा सञ्चालित यो पोषण कार्यक्रम सामाजिक समावेशिता, स्वास्थ्य सचेतना, महिला सशक्तीकरण र संस्थागत सहकार्यको मूर्त उदाहरण हो । यसले स्थानीय तहमा उपलब्ध स्रोत र संस्थागत संयोजनबाट कसरी समाज परिवर्तन सम्भव छ भन्ने देखाएको छ । सुत्केरी महिला र नवजात शिशुको पोषण सुनिश्चित गर्दै, सामुदायिक स्तरमै यस्तो कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्नु, नयाँ अभ्यासको सुरुवात मात्र होइन, दीर्घकालीन सामाजिक रूपान्तरणको आधार समेत हो । अन्य सामुदायिक वन र वडा कार्यालयहरूले समेत यसबाट प्रेरणा लिने बतावरण वनोस् र यसलाई निरन्तरता दिन आवश्यक समेत छ ।