एजेन्सी । धनिया एक जादुमयी बिरुवा हो । धनिया खानेबानी बसेपछि योबिना खानेकुरा रुच्दैन । धनिया स्वास्थ्यका लागि पनि आवश्यक छ । धनियाको दानाभन्दा पातको प्रयोग धेरै गरिन्छ । यसको दाना धेरै गुणकारी हुन्छ । धनियाको दानाले स्वास्थ्य सम्बन्धी कुन–कुन समस्यालाई निको पार्छ ?
पाचन प्रक्रियामा सुधार
धनिया पाचन प्रक्रियालाई बलियो बनाएर राख्छ । पेट सुनिने, ग्याष्ट्रिक, झाडापखाला, वान्ता आदि जस्ता विभिन्न समस्याहरूलाई कम गर्न मदत गर्दछ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्साले सही तरिकाले आफ्नो काम गर्दछ ।
बोसो घटाउछ
धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।
डाइविटिजका लागि लाभकारी
डाइविटिजबाट पीडितहरूका लागि धनिया प्रभावकारी छ । यसमा धेरै मात्रामा ऐंटीअक्सिडेन्टस र अन्य जरूरी तत्व हुन्छ । जसले ब्लड सुगरलाई रेग्युलेट गर्न मदत गर्छ । यसका साथै धनियाले तौल घटाउन र मोटोपन कम गर्न मदत गर्दछ ।
कपाल र छालाका लागि फाइदा
धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ । (फरक धार)