Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
रुपन्देहीको श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन
80
SHARES
ShareTweet

श्रृङ्गेश्वर धाम सबैको साझा धार्मिक आस्थाको केन्द्र



तिलोत्तमा, २७ साउन । तिलोत्तमा नगरपालिकाको वडा नम्वर ४ स्थित श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिस्थापन गरिएको छ ।
साउन महिनाको अन्तिम सोमबार बिहान धाममा बिशेष विधिपुर्वक पूजा गरी बिबेकानन्द सरस्वती महाराजले ७३ फिट अग्लो त्रिशुल प्रतिष्थापन गर्नुभएको हो ।


त्रिशुल प्रतिस्थापन कार्यक्रममा बोल्दै बिबेकानन्द सरस्वती महाराजले हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि प्रत्येकले आ आफ्नो ठाउंबाट पहल गर्नुपर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ४ डिँगरनगरमा करिव १५ कठ्ठा जग्गामा फैलिएको श्रृङ्गेश्वर धामको गुल्मेली सम्पर्क समाज रुपन्देहीले संरक्षण र प्रवद्र्धन सहित विविध बिकास निर्माणका कामहरु गर्दै आईरहेको छ ।
श्रृङ्गेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्न विभिन्न मठ मन्दिरको निर्माण संगै धाममा अहिले पर्यटक आकर्षण गर्न बिश्वकै सबैभन्दा अग्लो त्रिशुल राखिएको गुल्मेली समपर्क समाजका अध्यक्ष ईन्जिनियर हिरा बहादुर भलामीले जानकारी गराउनु भयो ।
धाममा सोमबार प्रतिष्थापन गरिएको अग्लो त्रिशुल राख्न समाजका सदस्य तुल्सीराम कँडेलले सहयोग गर्नुभएको हो ।
यस अघि धाम परिसर भित्र आफ्नै लगानीमा कैलाश पर्वत र मानसरोबर निर्माण गर्नुभएका शिव भक्त कँडेलले भगवान शिबको प्रशन्नताका लागि त्रिशुल निर्माण गरी कैलाश पर्वत र मानसरोवर क्षेत्रमा प्रतिष्थापन गरिएको बताउनु भयो ।
श्रृङ्गेश्वर धामको समग्र विकासका लागि समाजसेवी तथा दानविरहरु बुटवल निवासी चुन्न पौडेलको परिवारले आफ्ना आमा बुवाको स्मृतिमा सभाहल र पशुपति नाथको मन्दिर निर्माण गर्नुभएको छ । यस्तै समाजसेवी मणिग्राम निवासी बालकृष्ण भुसाल र पशुपति घिमिरेले विभिन्न देवी देवताका मठ मन्दिर र हवन कुण्ड निर्माण गर्नुभएको धामका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो । उहांका अनुसार धाम क्षेत्रमा बर पिपलका विरुवा लगाईनुका साथै जेष्ठ नागरिकहरुलाई लक्षित गरि खेम पुनको संयोजकत्वमा जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण भैरहेको छ । भवन निर्माण कार्य करिव करिव अन्तिम चरणमा पुगेको छ । यस्तै धामको सुरक्षाका लागि चारैतर्फ कम्पाउण्डवाल लगाउने काममा पनि विभिन्न दाताहरुले सहयोग गर्नुभएको धामका अध्यक्ष भण्डारीले बताउनु भयो ।


गुल्मेली सम्पर्क समाजमा विशुद्ध गुल्मेलीहरु मात्र रहेपनि श्रृङ्गेश्वर धामलाई भने सबैको साझा धार्मिक आस्थाको केन्द्र वनाईएको छ । धामको साधारण, आजीवन तथा संस्थापक सदस्य वन्न ईक्षुक सवै जिल्लाका नागरिकलाई खुला गरिएको छ ।

≪ Previous Post

भारत तीर्थयात्रा गएका महतो १० दिनदेखि वेपत्ता

Next Post ≫

धनिया किन खाने ? यस्तो छ फाइदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क