Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0
भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १ सय ५ रनको बलियो योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए । मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमात्रै बनायो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिए । मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए । प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने ।

यस्तै, दोस्रो खेलमा टिम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टिम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरे । बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए । जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रन मात्रै जोड्यो । उसका लागि अनिल जैसवारले ३० र दामोदर शर्माले २० रन बनाए । बलिङमा टिम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए । खेलमा टिम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए ।

यही असार ९ गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागि छन् । प्रतियोगिताको विजयी टिमले ८० हजार नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ । प्रतियोगिताको शनिबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो ।

≪ Previous Post

लागु औषध सहित पर्वत पाङराङका कुवर पक्राउ

Next Post ≫

होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क