भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा जिल्ला पर्वत पाङराङ गाउँपालिका वडा नं.९ सिरकाङ बस्ने बर्ष ३५ को रेशम कुवरलाई पक्राउ गरेको हो ।
निज कुवर माथि शंका लागि प्रहरीले खानतलासी गर्दा निजको साथबाट बुप्रिनोर्फिन इन्जेक्सन ६० पिस, डाईजेपाम ६० पिस र प्रोमथाजिन इन्जेक्सन ६० पिस लागु औषध बरामद गरेको छ ।