Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0
होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल
90
SHARES
ShareTweet

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वित्तीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक) र सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् ।
यस्तैगरी, सदस्यहरूमा युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलबाट प्रदेश राजधानी दाङ सारिएपछि यस क्षेत्रको होटल व्यवसाय खस्किएको बताउनुभयो ।
उहांले बुटवलबाट प्रदेश राजधानी सारिएपछि यस क्षेत्रको होटल व्यवसायमा धक्का लागेको उल्लेख गर्दै बुटवलबाट राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवलको व्यापारमा केही कमि आए पनि चलिरहेको बताउनुभयो ।
बुटवल सम्भावनाको शहरको रूपमा विकास हुँदै गएको भन्दै उहांले यहाँका होटल व्यवसायीले आत्मनिर्भर योजना अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले भारतबाट मुक्तिनाथ पुग्ने तीर्थयात्रीहरूका लागि बुटवल विश्रामस्थलको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहांले बुटवललाई पर्यटकीय र सांस्कृतिक शहरको रूपमा विकास गर्नेगरी उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

≪ Previous Post

भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

Next Post ≫

कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क