Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0
कृषिको आधुनिकीकरणका लागि तिलोत्तमाका किसानलाई किसान सेवा कार्ड
80
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले किसानहरुलाई कृषक सेवा कार्ड वितरण शुरुवात गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रबिधिमा आधारित व्यवसायिक रुपमा कृषि खेति गर्नका लागि तिलोत्तमा–१४ टिकुलिगढ़मा कार्ड वितरण शुरु गरिएको हो ।

सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न सो कार्ड वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकाका ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक मल, बीऊ बिजन, सिंचाई र अनुदानका लागि कृषक सेवा कार्डले ठुलो योगदान दिने नगरप्रमुख खाणले जिकिर गर्नुभयो । कृषकका पसिनाले आर्जेको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले ठुलो योजना बनाएको बताउंदै उहाँले कृषि क्षेत्रमा लगानी गर्नको लागि नयाँपुस्तालाई अग्रसर गराउनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष अस्बिंन पौडेलले किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु सहुलियतमा नजिकको पसलबाट खरिद गर्न र अनुदान प्राप्त गर्न समेत सहज हुने बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा १९ जना कृषकलाई सो कार्ड बितरण गरिएको छ । कार्यक्रममा वडा सदस्य भुपाल सिंह छन्तेल, बिष्णुमाया पुन, सन्तवीर चौधरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत रामप्रसाद खनाल, सौरभ बस्ताकोटी, वडा सचिव तेजेद्र बस्नेत, कृषि प्राबिधिक अस्मिता ज्ञवाली, बिन्दु रायमाझी लगायत स्थानीय कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

≪ Previous Post

होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव खनाल

Next Post ≫

लागु औषध सहित दुईजना युवा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क