भैरहवा । रुपन्देही प्रहरीले लागु औषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सियारी गाउँपालिका ७ कनरीमा चेकजाँच गर्ने क्रममा लु.६२.प ११०९ नं.को मोटरसाईकल चालक जिल्ला पर्वत धौलागिरी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ कोयुवराज पुन र मोटरसाइकल पछाडी सवार जिल्ला पाल्पा तानसेन नगरपालिका वडानं.१४ बस्ने बर्ष २१ को बिकास ज्ञवालीलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले खानतलासी गर्दा निजहरुको साथबाट डाईजेपाम ९० एम्पुल, बुप्रिनोरफिन हाइड्रोक्लोराइड ९० एम्पुल । प्रोमेथाजिन ९० एम्पुल बरामद गरेको छ । उनीहरुलाई लु ६२ प ११०९ नं.को मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।