Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण

संसारपोस्ट संवाददाता · ८ असार २०८२ · 0
तिलोत्तमाका पशुपालक कृषकहरुलाई अनुदानका औजार वितरण
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा ३१ जनालाई बितरण गरिएको हो ।

व्यावसायिक कृषि गर्दै आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो । कृषकहरुलाई आबेदनको आधारमा कृषि औजार वितरण गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । नगरपालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठलाई सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको नगरप्रमुख खाणको भनाइ छ ।
दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो । उहाँले आगामी बजेटमा समेत कृषक तथा पशुपालकका लागि उपयोगी कार्यक्रमहरु लिएर आउने समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाइ बिशेष जोड दिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर ५ का सदस्य हिरा गिरी (डायमण्ड), पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु डाक्टर ईन्द्रकला खत्री लगायतले यस्ता कार्यक्रमले पशुपालन प्रति कृषकहरुको आकर्षण बढ्ने बताउनुभयो ।

≪ Previous Post

लागु औषध सहित दुईजना युवा पक्राउ

Next Post ≫

चोरी पैठारी गरेको ८ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क