Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८२ · 0
चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट
100
SHARES
ShareTweet

बुटवल । यही जेठ २२ देखि २६ गतेसम्म राजधानी काठमाण्डौमा सञ्चालन हुने चौध वर्ष मुनिको (यु–१४) विद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनोट भएका छन् ।

दुईदिनसम्म बुटवलमा भएको छनोट प्रतियोगिताबाट ब्याटमिन्टन, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी र क्रिकेटसहित विभिन्न खेल विधाबाट ७८ खेलाडीहरु छानिएका हुन् । लुम्बिनी प्रदेशभरिका ४५० विद्यार्थी सहभागी छनोट प्रक्रियाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु अन्तिम टोलीमा अटाएका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष लेखनाथ पौडेलका अनुसार यु–१४ उमेर समूह अन्तर्गतका खेलकुदका लागि ७८ खेलाडी छनोट भएका छन् भने क्रिकेटमा यु–१६ उमेर समूहका खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् ।

उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी, टेबलटेनिसतर्फ छात्र डबल र छात्रा सिंगलबाट ७, बास्केटबलतर्फ छात्र र छात्रा दुबै समूहबाट ९, रग्बीतर्फ २६, ब्याटमिन्टनतर्फ छात्र र छात्रा सिंगल र डबल गरेर ७ र क्रिकेटतर्फ १६ जना छात्र छनोट भएका छन् । यस्तै, टोलीनेता र उपनेता एक–एक जना गरी कुल ७८ जनाको टोली तयार भएको हो ।

नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीको संयोजनमा सम्पन्न उक्त छनोट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघको सहकार्य रहेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिनुभयो ।

छनोटमा परेका खेलाडीहरुले अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा राजधानीमा हुने यु–१४ प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान

Next Post ≫

भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क