Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८२ · 0
भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिव ११ लाख २२ हजार १०० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज लुम्बिनी साँस्कृतिक नगरपालिका ६ मा लु ३ च ७३३७ नं. को बलेरो पिकअपमा लोड गरिएका ३ वटा पाडा सहित पिकअप नियन्त्रणमा लिएको छ ।

यस्तै जिल्लाबाट खटिएको प्रहरी टोलीले रोहीणी गाउँपालिका वडा नं. ३ बैकुण्ठपुर र सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीबाट लु ६० प ८९८४ नं., र युपी ५६ जे ७३६१ को मोटरसाइकल सहित बच्चाको चप्पल र जुता ३९ जोर तथा चिनी ६ बोरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट लु १२ प ७९६१ नं. को मोटरसाइकलमा ल्याउंदै गरेको बोईलर कुखुरा ६४ पिस (१५० के.जी.) सहित मोटरसाईकल बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ३ त्रीलोकपुरबाट युपी ३२ ईटी १९८ नं.को मोटरसाईकल सहित तन्ना ३८ पिस बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. २ तिलौरीबाट लु ६६ प ६३६१ न.को मोटरसाइकल सहित चिनी ४ बोरा बरामद गरेको छ भने प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १ बाट बिभिन्न किसिमका मोबाइलको कबर ४५० पिस बरामद गरेको छ ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

Next Post ≫

फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क