Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0
फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण
70
SHARES
ShareTweet

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पछिल्लो सयममा विभिन्न कारणले साना बालबालिकाको आँखामा समस्या आईरहेको उल्लेख गर्दै आखाँ शिविरबाट त्यस्ता समस्याको पहिचान र उपचारमा मद्धत पुग्ने बताउनु भयो । उहाँले बुटवको केन्द्र भागमा भएपनि तिलोत्तमा माध्यमिक विद्यालयमा गरिव तथा विपन्न परिवारका बालबालिका रहेको बताउँदै यो विद्यालय छनौट गरेकामा फार्मेसी संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा ज्ञवालीले बुटवलकै मध्येभागमा रहेको उक्त विद्यालयमा गरिव तथा विपन्न परिवारका बालकालिकाले अध्ययन गर्ने बताउँदै सञ्चालन गरिएको आँखा स्वास्थ्य शिविरबाट गरिव तथा विपन्न परिवारका बालबालिकाले लाभ लिने भनाई राख्नुभयो ।
संघले सामाजिक उत्तरदायित्व बहन गरी कार्यक्रम गरेको बताउँदै संघका अध्यक्ष चोकलाल सापकोटाले कार्यक्रममा नगरपालिकाले सहयोग गरेकोमा नगरपालिका प्रति आभार व्यक्त गर्नुभयो । संघका संस्थापक तथा निवर्तमान अध्यक्ष गणेश सेढाई र संघका केन्द्रीय सचिव ध्रुव शर्माले संघको स्थापना सहित आँखा स्वास्थ्य शिविरका बारेमा प्रकाश पार्नुभएको थियो ।
शिविरमा नेत्ररोग विशेषज्ञ डा.रोजी कार्की, दृष्टि विशेषज्ञ करुणा देवकोटा लगायत स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक नारायण विक्रम कुँवरले जानकारी गराउनु भयो । शिविरमा आँखामा केही समस्या भएका विद्यार्थीको परीक्षण गरिएको र विद्यार्थी तथा शिक्षक समेत गरी २ सय जनाको आँखा परीक्षण गरिएको संघका महासचिव महेश पाण्डेले जानकारी गराउनु भयो । केही समस्या भएका विद्यार्थीलाई औषधी समेत निःशुल्क प्रदान गरिएको उहाँले बताउनु भयो ।

≪ Previous Post

भन्सार छलीका ११ लाख बढिको अबैध सामान प्रहरीको नियन्त्रणमा

Next Post ≫

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क