Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0
शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि.मा सोमबार उद्यमशिलता चुनौती कार्यक्रम अन्तरगत योजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यान्वयनमा रहेको कार्यक्रम अन्तरगत आजको अन्तिम चरणमा २३ समूहले प्रस्तुतीकरण राखेका थिए ।
जसमा उत्कृष्ट हुने ६ समूहले उद्यमशिलता विकासका लागि जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले सो रकम उद्यमशिलताको लागि लगानी गर्नेछन् । यसअघि विभिन्न चरणहरु पार गरी विद्यार्थीहरुले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कक्षा १० मा अध्ययनरत करीव ६ सय विद्यार्थीहरुलाई विभिन्न चरणका कार्यक्रममा सहभागी बनाएर उद्यमशिलताको बारेमा जानकारी गराइएको थियो ।


विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य रबि सेन्चुरी, वृत्ति मार्गनिर्देशन कार्यक्रमका प्राविधिक अधिकृत दिलिप बोहोरा लगायतले बोल्दै विद्यार्थीमा उद्यमशिलताको विकास गर्न र उनीहरुलाई भविष्यमा सफल उद्यमी बन्न कार्यक्रम निकै महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको स्वागत तथा वृत्ति मार्ग निर्देशन शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा कार्यक्रम संयोजक रजनी के.सी.ले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा शिक्षकहरु धु्रवराज अर्याल, हिमाल पाण्डे र प्रकाश चापागाईले निर्णायकको भूमिकामा रहेर विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान तथा मूल्याङ्कनको कार्य गर्नुभएको थियो ।

≪ Previous Post

फार्मेसी संघ रुपन्देहीद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

Next Post ≫

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क