Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0
रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिव १८ लाख २१ हजार ५६५ रुपैयाँ बरावरको सामान र कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ६ मोतिपुरबाट लु २ च ७३२१ नं.को पिकअपमा अबैधरुपमा ल्याउदै गरेको २ भैसी, १ पाडा, १ पाडी, पिकअप र चालक रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ३ सिसहनिया बस्ने बर्ष २६ को धिरेन्द्र प्रसाद मल्लाहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया र लुम्बिनी साँस्कृतिक नगरपालिका ३ र ४ बाट डाटा केवल २ प्याकेट, मिनी अटो साउण्ड बक्स १० पिस, एयरबोट २६ पिस, स्मार्ट घडी १९ पिस, सादा मोबाईल १ थान, चिनी ७५० के.जी., बोइलर कुखुरा ४० पिस, सहित लु २७ प १४२४ नं. को मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपलिका वडा नं. ६ बेथरीपुलबाट लु २ च ३६७४ नं.को पिकअप गाडीमा अबैधरुपमा ल्याउदै गरेको भैंसी ४ वटा, पाडी १ वटा, पिकअप गाडी सहित चालक देवदह नगरपालिका ११ बस्ने बर्ष २६ को बिशाल चौधरी र पिकअपमा सवार सोही ठाउँ बस्ने बर्ष ३६ को रजिन्दर यादव समेतलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.८ अञ्चलपुरबाट लेडिज सुट १५ पिस सहित किराना सामान बरामद गरेको छ । ्

बरामद भएका सामान, कुखुरा, पिकअप गाडी र पक्राउ परेका गाडीका चालक सहित गाडीमा सवार ब्यक्तिलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

शान्ति नमुना मा.वि.मा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

Next Post ≫

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क