Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८२ · 0
आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह
100
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ ।
संघले सोमबार कार्यक्रमको अयोजना गरी संघमा आवद्ध सदस्य उद्योगी व्यवसायीहरुलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो ।
त्यस अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखिकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन समेत आग्रह गर्नुभयो ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै आफूहरुले उठान गरेका कुराहरु समेटिएकाले सकारात्मक रुपमा लिएको भनाई राख्नुभयो । आर्थिक विधेयकमा समावेश भएका विषयहरु आम उद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट ब्यवसायीहरुले लाभ लिन सक्ने उहाँको भनाई थियो ।


कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरु विषयविज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भयो । उहाँले आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरु पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समयसान्दर्भिक रुपमा गरिएको कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरुमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मूल्य अभिबृद्धि कर, अन्तशुल्क, भन्सार महशुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले सरकारले राजश्वका अन्य स्रोतहरु व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याईएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको बताउनु भयो । तर आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्त सम्म कायमै रहने उहाँले जानकारी गराउनु भयो । त्यस्तै हरितकरको दरमा परिवर्तन भएको छ । बैदेशिक रोजगार सेवा शुल्क थप गरिएको छ । विलाशिताका बस्तुमा शुल्क थप गरिएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको छ ।
त्यस्तै आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैंक जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडा वापतको खर्च कट्टी, अवकाश योगदान वापतको रकम हस्तान्तरण गर्ने, सामाजिक संस्थालाई छुट, मूल्य अभिबृद्धि कर तथा अन्तशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेश नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारी साधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा सहभागि संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्य उद्योगी व्यवसायीहरुले बजेट तथा आर्थिक विधेयकमा भएका व्यवस्थाका बारेमा अस्पस्ट कुराहरुमा अन्तरक्रिया गरेका थिए । कार्यक्रम संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको धन्यवाद तथा सचिव प्रतिक पोखरेलको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका १८ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क