Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०८२ · 0
सिचाईका लागि धमाधम बोर जडान गर्दै सिद्धार्थनगर
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्र रहेको वडा १० र ११ मा सिचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नं १० मा गत वर्ष ९ वटा वोर गाडिएको थियो । यो वर्ष वडा नं ११ मा ६ वटा वोर गाड्ने काम अहिले भैरहेको छ ।
सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरमा बजेट अपुग भए पछि ब्यक्तिगत लगानीमै ५ वटा बोर जडान गर्नुभएको थियो । उक्त वडामा बाँकि ८ बटा गरी १३ बटा बोर जडान गरिएको थियो । निर्वाचनमा कृषि उत्पादन बढाउनको लागि कृषकहरुसंग सिचाइ सुविधाको प्रतिवद्धा गरेका नगर प्रमुख खाँले नगरको बजेट कम हुंदा आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गर्नुभएको थियो ।
सुख्खा क्षेत्रमा बोर मार्फत सिचाई सेवा सुरु भएपछि किसान लाई राहत भएको र नगर प्रमुखले आफ्नै लगानीमा निःशुल्क बोर जडान गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साहित बनेको कृषक माधव मुराउले बताउनुभयो । कृषक चन्द्रवती कोईरीले सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा सिचाई सुविधा पछि किसानहरु उत्पादन लिन सफल भएको बताउनुभयो । कृषिमा सिचाइका लागि सिद्धार्थनगर नगरपालिका नगर प्रमुख खाँले खेलेको भूमिका उदाहरणीय रहेको उहांले बताउनुभयो ।
यो बर्ष नगरको १० लाखको लागनीमा बडा नं ११ मा ६ वटा बोर जडान गर्ने काम भैरहेको नगर प्रमुख खााँनले जानकारी दिनुभयो । बोर सगै विपन्न बर्गाका लागि स्वच्छ पिउने पानीका लागि ट्युवेल जडान समेत गरिएको छ ।
किसानहरुलाई सुख्खा ठाँउमा सिचाँईको सुविधा पु¥याएसंगै किसानहरुको दैनिकीमा समेत फेरबदल हुनुका साथै किसानले राहतको महशुस गरेको नगर प्रमुख खाँले बताउनुभयो । सिद्धार्थनगर औद्योगिक, पर्यटकीय नगर सँगै यहाँका केही क्षेत्रहरु कृषि उव्जाउमा समेत पकेट क्षेत्र रहेकाले अन्य क्षेत्रको विकास संगैं नगरले कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख खाँले बताउनुभयो ।

≪ Previous Post

आर्थिक विधेयकका बारेमा अभिमुखिकरण : छुट सुविधाबाट लाभ लिन आग्रह

Next Post ≫

तिलोत्तमा वडानम्बर–१४ मा सार्वजनिक सुनुवाइ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क