Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0
लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान
130
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो ।

रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रको शुभारम्भको अवसरमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् ।

केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गर्नुभयो । अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसको दिर्घकालिन सञ्चालनमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेकोले त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गर्नुभयो । ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । मुख्यमन्त्रीले भन्नुभयो–‘निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेको जानकारी गराउंदै अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको समेत बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिँगो प्रदेशको आर्थिक आधारको रुपमा लिएको बताउनुभयो । अस्पतालको स्तरोन्नती र गुणस्तरीय सेवा प्रवाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गर्ने उल्लेख गर्दै मन्त्री सारुले अस्पतालमा गुणस्तरीय र विशिष्टिकृत स्वास्थ्य सेवाका लागि सरकारले काम गरिरहेको बताउनुभयो । आगामी आर्थिक वर्षसम्ममा गौरवको आयोजना पूरा गर्नका लागि ३ अर्ब बढी लगानी गरिसक्ने उल्लेख गर्दै उहांले निर्माणाधिन अस्पताल भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी लगानी लाग्ने भएकाले आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो । अबको केही महिना भित्रै अस्पतालका लागि एमआरआई मेशिन खरिद हुने र यसबाट यहाँका जनताले थप स्वास्थ्य सेवा लिन पाउने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि एक महत्वपूर्ण आधार लुम्बिनी प्रादेशिक अस्पताल भएको बताउनुभयो । यसका लागि यहाँका निजी मेडिकल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आधारलाई बिस्तार गर्नका लागि प्रादेशिक अस्पतालको बिकासमा हालेमालो गर्न आवश्यक रहेको उहांले औल्याउनुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालको बिकासलाई समग्र लुम्बिनी प्रदेशको बिकासको आधारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । सीमित जनशक्ति र स्रोतसाधनबाटनै अस्पतालले ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्मरण गराउँदै उहांले यदि सरकारले मापदण्डले तोके अनुसार प्राप्त जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउन सक्ने हो भने अहिलेकोभन्दा कयौँ गुणा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्याल र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालमा रक्तसञ्चार केन्द्रको स्थापनाले उत्कृष्ट अभियानको शुभारम्भ एको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. ईन्द्र ढकालले अस्पतालमा शुभारम्भ गरिएको रक्तसञ्चार केन्द्र दिर्घकालिन बनाउनका लागि यहाँका सबै सामाजिक संघ संस्थाको सहयोग र साथ महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । अस्पतालको सेवा क्षेत्रभित्र रहेका ४० लाख बढी जनसङ्ख्या मध्येबाट वार्षिक साढे ३ लाख देखि साढे ४ लाख जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी गराउँदै उहांले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।

उहांका अनुसार अस्पतालले सेवा बिस्तार तथा गुणस्तर सुधार गर्दै आकस्मिक कक्षको बेड बिस्तार, प्रदेशकै ठूलो र गुणस्तरीय प्रयोगशाला बिस्तार लगायतका कामहरु भएको छ । अस्पतालमा एमआरआई मेशिन खरिदका लागि गत साता निर्यातकर्ता कम्पनीसँग सम्झौता भएको जानकारी गराउँदै केही हप्ताभित्रै अस्पतालमा मेशिन आउने उल्लेख गर्नुभयो । यस्तै ब्रेस्ट क्यान्सरको स्क्यानिङ तथा उपचार सेवा र डिजिटल कार्ड सिस्टम लागू गर्न लागिएको पनि जानकारी गराउनुभयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । एकसाथ एक हजार युनिट रगत सङ्ग्रह गर्न सक्ने क्षमतासहितको उपकरण अस्पतालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उहांले अब यसको दिर्घकालिन सञ्चालनका लागि अस्पताल र यहाँका अन्य सामाजिक संघ संस्थाहरुको समेत भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

≪ Previous Post

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

Next Post ≫

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क