Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0
आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण
130
SHARES
ShareTweet

बुटवल । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सरकारले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेट क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको छ ।

बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका बेला पूर्व गृहमन्त्री खाँणले बर्तमान सरकारले हालै प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा क्रान्तिकारी र सन्तुलित भएको बताउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै कांग्रेस–एमाले गठवन्धन सरकारले ल्याएको बजेट सुवर्ण शमशेरपछिको क्रान्तिकारी र सन्तुलीत भएको उल्लेख गर्नुभयो ।

बुटवलसँग सीमा जोडिएका पालिकाहरूसँगको सहकार्य र संयुक्त अभ्यास सम्बन्धमा बुटवल उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया गोष्ठीको उद्घाटन गर्दै नेता खाँणले बजेटले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने बिश्वास ब्यक्त गर्नुभयो ।

रोष्ट्रममा उभिएपछि अर्काका बारेमा विरोध गर्ने प्रचलन बढेको भन्दै पूर्ब मन्त्री खाँणले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्कृष्ट बजेट ल्याएकोमा प्रधानमन्त्री, अर्थमन्त्री र वर्तमान सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो । बजेट यथार्थमा आधारित रहेको भन्दै उहांले बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीलाई सुधार गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

हालै भारतमा भएको कुम्भमेलामा सहभागी संख्या र त्यसको ब्यवस्थापनमा देखिएको कुशलता आश्चर्यजनक रहेको स्मरण गर्दै उहांले कुम्भमेलाबाट भारतीय अर्थतन्त्रलाई ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो । पर्यटननै नेपालको आर्थिक विकासको मेरूदण्ड भएको भन्दै नेता खाँणले पर्यटकीय क्षेत्रको विकास मार्फत आर्थिक उपार्जन गर्नु्को बिकल्प नभएको बताउनुभयो ।

यसअघि नेपालमा आउने पर्यटकहरूले २५ हजार रुपैयाँ मात्रै ल्याउन पाउने अवस्था रहेको भन्दै उहांले अहिले सरकारले ल्याएको बजेटले त्यसलाई ५ सय डलर पुर्याएकोले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

चेकजाँचका क्रममा नेपाल प्रहरीले भारतीय पर्यटकलाई अनेक सास्ती र झन्झट दिएको गुनासो आउने गरेको भन्दै पूर्व गृहमन्त्री खाँणले यसले पर्यटन प्रवद्र्धन नहुने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशमा भारतीय पर्यटकहरूलाई प्रहरी प्रशासनबाट भएको चेकिङ सम्बन्धी गुनासोलाई तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेश सभामा बोल्ने माननीयहरूले सधैंजसो सो कुरा उठाउदै आएको भन्दै उहांले चेकजाँचका नाममा भारतीय पर्यटकहरूलाई अनावश्यक दुःख दिने कार्य तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिकाले सीमाका पालिकाहरूसँग छलफल गरेर दिगो विकासको नीति लिएको भन्दै उहांले बुटवल उपमहानगरको थालनी सकारात्मक रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले आफूहरूले छिमेकी पालिकाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने नीति लिएको भन्दै सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । उहांले राजस्व बाँडफाँड, जग्गाको सदुपयोग, वन र नदीजन्य पदार्थको निकासीमा आफूहरूको असन्तुष्टि रहेको बताउनुभयो ।

बुटवलबाट प्रदेशको राजधानी सार्ने बेला बुटवललाई आर्थिक केन्द्रको रूपमा विकास गर्ने घोषणा गरिएको स्मरण गर्दै प्रमुख पाण्डेले त्यस अनुरूप कुनै योजना नल्याएको गुनासो गर्नुभयो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, संविधानविद् काशीराम दाहाल, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल लगायतले बोल्दै स्थानीय सरकारले जनताको भावनालाई आत्मसाथ गर्दै नीति अगाडि सार्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बरिष्ठ संविधानविद तथा प्रशासनविद काशीराज दाहालले संविधान र स्थानीय सरकार ः सहकार्य र अन्तर सम्बन्ध, लुम्बिनी प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमले कर्मचारी पदपूर्ति, वृत्ति विकास, स्थानीय पालिकाहरूमा कर्मचारीहरूका समस्या र समाधानका उपायहरू तथा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सेवा प्रवाह र गुनासो व्यवस्थापनको कसौटीमा नेतृत्व बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसञ्चार केन्द्र शुभारम्भ : शुभारम्भकै दिन २९७ जनाले गरे रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क