Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न : बुद्धको अवधारणा कार्यान्वयन जरुरी
110
SHARES
ShareTweet

लुम्बिनी । प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।

“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरु प्रतिबद्ध भएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा सहभागी सरोकारवालाहरुबाट ७ बुँदे सामूहिक प्रतिवद्धता जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा स्थानीय तथ्य र ज्ञानमा आधारित भई लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटन, पथप्रदर्शन सेवा, पर्यटक सेवा सुविधा, पुरातात्विक पर्यटन स्थलको वातावरण, सम्पदामैत्री पर्यटन प्रबद्र्धनको आधार, लघु व्यवसाय सीप तथा हस्तकलाको संरक्षण तथा सम्बद्र्धन, स्थानीय उत्पादनको प्रबद्र्धन र उपयोग लगायतका विषयमा मापदण्ड तथा सूचक तयार गरी प्रदेशस्तरीय एकीकृत पर्यटन सम्बन्धी कार्यविधि तर्जुमा गरिने प्रतिवद्धतामा उल्लेख छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै विश्वविद्यालयका योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले लुम्बिनी क्षेत्रमा प्रदेशको प्रस्तावित लुम्बिनी क्षेत्र विकास प्राधिकरणसँग एकीकृत गरी बौद्ध आर्थिक ढाँचाको न्यूनतम अवस्था कार्यान्वनको विषयगत खाका तयार गर्ने र बौद्ध दर्शनलाई दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रदेश अन्तर्गत सबै तह र निकायहरूसँग समन्वय र सहकार्य गर्ने उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षामा आधारभूत बौद्ध शिक्षाको पठनपाठनका लागि प्रदेश सरकार र विश्वविद्यालयको सहकार्यमा प्रदेशस्तरीय पाठ्यक्रम तर्जुमा गरी स्थानीय तहसँगको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

“लुम्बिनी क्षेत्रको आर्थिक पर्यटकीय विकाससँग सम्बन्धित समसायिक मुद्दा र विषयमा प्रदेश सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा बौद्ध आध्यात्मिक क्रियाकलाप, सेमिनार, कार्याशाला, गोष्ठीहरू आयोजना गरी प्रदेश योजना आयोग र अन्य जिम्मेवार निकायलाई नीतिगत पृष्ठपोषण प्रदान गरिने छ ।” प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनको समापन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहांले समकालीन आर्थिक चूनौतिको समाधानका लागि सबै तहमा बुद्ध शिक्षाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध आर्थिक अवधारणालाई अनुसन्धान, शिक्षा, र विकाससँग समाहित गर्दै लुम्बिनीलाई एक आध्यात्मिक र समृद्ध आर्थिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यमा प्रतिबद्ध रहेकाले यसका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको उहांले बताउनुभयो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले विभिन्न योजना अघि बढाएको जानकारी गराउँदै साथ र सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

बौद्ध दर्शन, आर्थिक समृद्धि, दिगो पर्यटन, पूर्वाधार विकास र सहकार्यजस्ता विविध विषयमा भएको प्रस्तुतीकरण सत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य, मुख्यमन्त्रीका प्रमुख सल्लाहकार लक्ष्मण ज्ञवाली, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्य, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका प्रवक्ता गणेश घिमिरे, विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.गितु गिरी, डा. फणिन्द्रकुमार न्यौपाने, डा.कुमार खड्का, कमल थापा, निरा गौतम लगायतले विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।

दुई दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु डा. प्रकाश कुमार श्रेष्ठ, डा.हरिध्वज राई, डा.रिना तुलाधर, डा.रामराज उपाध्याय, डा.शारदा पौडेल, डा. श्री प्रसाद भट्टराई, सञ्जय शाक्य लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पर्यटन व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, प्राध्यापक, अनुसन्धानकर्ताहरुले बौद्ध मूल्यमा आधारित समावेशी, शान्तिपूर्ण र दिगो आर्थिक विकासको अवधारणालाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राखे ।

≪ Previous Post

यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

Next Post ≫

आर्थिक वर्ष ०८२/०८३ को बजेट क्रान्तिकारी र सन्तुलित छ : पूर्व गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क