Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८१ · 0
तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा
130
SHARES
ShareTweet

बुटवल । बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल लाई हराउदै उपाधी चुनेका हुन । त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका छन् । त्यस्तै मेन्स डबल तर्फ ए.पि.एफ.का भोज बहादुर गुरुङ्ग र प्रनिश सिंह ठकुरीले उपाधी जितेका छन । उनीहरुले लाफा ब्याडमिन्टन क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउदै उपाधी चुनेको हुन । मेन्स डबल तर्फको तृतिय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् । भेट्रान्स ४५ वर्ष माथीको खेलमा लाफा ब्याडमिन्टन क्लवका राजु गुरुङ्ग र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लवका बुद्धि चौधरी र डिल बहादुर कन्डवालाई हराउदै उपाधी रक्षा गरेको हुन । प्रतियोगितामा न्यू लम्बिनी क्लवका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम गुरुङ्ग र विष्णु लाल श्रेष्ठ तृतिय भएका छन् । त्यस्तै सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा अनिल लाखे र सम्भु कुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउदै उपाधी चुनेको हुन । प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लवका दिलिप गौचन र महेश नेपाल तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् । प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम प्रसाद गुरुङ्ग र विष्णु लाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लवका डिल पुन र श्याम कृष्ण श्रेष्ठलाई हराउदै उपाधी चुनेको हुन । प्रतियोगितामा काठमाण्डौँका पूर्ण चन्द्र जोशी र सुरेश चन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतिय भएका हुन । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ विजेता उप विजेता र तृतिय हुनेले कमशः पचास हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । भेट्रान्स ४५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः चालिस हजार, तीस हजार र दश हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा विजेता उप विजेता र तृतिय हुनेले कमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उप विजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डे, क्लवका अध्यक्ष पंकज किशोर ज्ञवाली, कार्यक्रम संयोजक शम्भ भट्टराई, सह संयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थितीमा पुरस्कार प्रदान गरिएको थियो ।

≪ Previous Post

भोलिदेखी एसईई परीक्षा : देशभरबाट पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

Next Post ≫

तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क