Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0
तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम
50
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाहरुको नेतृत्व र ब्यक्तित्व विकासका लागि शसक्तिकरण अभिबृद्धिले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
नेपालको कानुन र संबिधान महिला मैत्री रहेको औंल्याउदै प्रमुख खाँणले राज्य तथा समाजका हरेक निकाय र भौतिक, आर्थिक र सामाजिक गतिविधिमा महिला सहभागिता अनिवार्य गरिएकाले महिलाहरुको क्षमता, नेतृत्व र ब्यक्तित्व विकासका लागि महिलाहरुलाई शसक्तिकरण गर्दै आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाको सहयोगमा महिला शसक्तिकरण अनुसन्धान केन्द्र रुपन्देहीले आयोजना गरेको एक दिने महिला शसक्तिकरण एवम् क्षमता अभिबृद्धि सम्वन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगर क्षेत्रका महिलाहरुलाई शसक्तिकरण गर्दै इलमी तथा उद्यमी महिलाहरुले उत्पादन गरेका सामानको बजार प्रवद्र्धन तथा विक्री वितरणका लागि स्थायी हाटबजार(विक्री केन्द्र) संचालन गर्ने तयारीमा नगरपालिका रहेको वताउनुभयो ।
नेपाल सहित संसारका ३७ वटा देशका १३७ वटा प्रदेश तथा स्थानीय तहले भागलिएको नागरिकको सहभागिता असल अभ्यासका लागि कार्यक्रममा तिलोत्तमा नगरपालिका ४० औं नम्बरमा छनौट भएको जानकारी गराउंदै तिलोत्तमा लाई संसारमै उत्कृष्ट नगरपालिका वनाउन एसएमएस भोटिङका लागि सबैलाई आग्रह गर्नुभयो ।
तिलोत्तमा नगरपालिका महिला, वालवालिका तथा ज्येष्ठ नागरिक समन्वय शाखा प्रमुख सम्झना भण्डारीले तिलोत्तमा नगरपालिका लैङ्गिक मैत्री नगरपालिका बनाउने अभियानमा रहेकाले यसका लागि सबैका साथ सहयोगको आवश्यक्ता औंल्याउनु भयो ।
महिला शसक्तिकरण अनुसन्धान केन्द्र रेखा ज्ञवाली बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शंकरनगर सामुदायिक वनका सचिव कालिका अधिकारी, महिला शसक्तिकरण केन्द्र रुपन्देही अध्यक्ष बाला घिमिरे, तालिममा सहभागि रुपा केसी, उशा शर्मा, गिता पौडेल, ईन्दिरा रिजाललगायतले बोल्दै तालिमले महिलाहरुको क्षमता, नेतृत्व र ब्यक्तित्व विकासमा सहयोगी भूमिका खेल्ने धारणा राख्नुभयो ।
तिलोत्तमा नगरपालिकाका १७ वटा वडाका ७० जना महिलाहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक राजेन्द्र लम्सालले सहजीकरण गर्नुभएको थियो ।

≪ Previous Post

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

Next Post ≫

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क