Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0
सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता
80
SHARES
ShareTweet

तिलोत्तमा । सहिद यादवनाथ आलोकको ४१ औं स्मृतिमा रुपन्देहीको तिलोत्तमामा फूटसल प्रतियोगिता हुनेभएको छ ।

सहिद यादवनाथ आलोक स्मृति केन्द्र रुपन्देहीको आयोजना र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको सह–आयोजनामा बिहिबार र शुक्रबार (चैत १४–१५) गते वडा स्तरीय तेस्रो फूटसल प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

आयोजकका अनुसार प्रतियोगिगामा तिलोत्तमा नगरपालिकाका १७ वटै वडाबाट फूटसल खेलाडीहरु सहभागि हुने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक तथा नेपाल तरुण दल तिलोत्तमाका कार्यवाहक अध्यक्ष होम पौडेलले जानकारी गराउनु भयो ।
त्यसैगरी दोस्रो हुनेलाई १५ हजार रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक गरि ३ जना खेलाडीलाई पनि जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा सहिद यादवनाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालले सहिदको सम्मान, उनीहरुको योगदानको कदर गर्दै उनीहरुलाई चिरस्थाई राख्नका केन्द्र र तरुण दलले विगत दुई वर्ष देखि फूटसल प्रतियोगिताको आयोजना गर्दै आएको बताउनु भयो । उहाँले प्रतियोगितामा साथ सहयोग गर्नका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले सहिदका नाममा गरिने खेलकुदका कार्यक्रमले खेलाडीको स्वास्थ्य जीवनसंगै सहिदलाई सदाका लागि चिरस्थायी राख्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले कार्यक्रमलाई निरन्तरता दिनको लागि पनि आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल तरुण दल रुपन्देहीका पूर्व अध्यक्ष चिरञ्जीवी पौडेल, सहिद यादवनाथ आलोक पुत्री विना न्यौपाने, सहिद यादवनाथ आलोक स्मृति केन्द्रका सचिव अमृत भट्टराई, तरुण दलका नगर सचिव अर्जुन क्षेत्री (हापु) लगायतले भनाई राख्नु भएको थियो ।

फूटसल प्रतियोगिता तिलोत्तमा –७ मनकामना पथ स्थित सनराइज स्पोर्टस्मा संचालन गरिने प्रतियोगिताका संयोजक खिम क्षेत्रीले जानकारी गराउनुभयो ।

 

≪ Previous Post

तिलात्तेमाका महिलाहरुलाई क्षमता अभिबृद्धि तालिम

Next Post ≫

भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बुटवलमा बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क