Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित
110
SHARES
ShareTweet

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । तीन ब्याटरको अर्धशतकमा मधेशले कोशी प्रदेशमाथि रवाफिलो जित निकाल्यो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल खडा गर्यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे । यसक्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले ७५ रन बनाए । ७५ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । दिपेश दासले नटआउट ५६ रन बनाए । उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे । बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए ।
२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । यस्तै, राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो ।
यता दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । गण्डकीले जितका लागि पाएको जम्मा ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ९५ रन बनाई पूरा गरी जित हात पार्यो । सहज लक्ष्य पाए पनि गण्डकीले सुरुवात कमजोर रह्यो । २१ रन जोड्दा ४ विकेट गुमायो । पहिलो क्रमका ३ खेलाडी समिर कँडेल बिना कुनै रन आउट भए । अर्जुन कुमाल र वंश क्षेत्री पनि समान ६ रन जोडेर प्याभेलियन फर्किए । लगतै सुबाश भण्डारी पनि ४ रनमा आउट भए । यसपछि दीपक डुम्रेले सम्हालिँदै अविजित अर्धशतक प्रहार गर्दै टिमलाई जित दिलाए । उनले ७८ बल खेल्दै ७ चौकासहित अविजित ५० रन बनाए । सुजन गौतम अविजित २२ रनमा रहे । बलिङमा दीवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९१ रन बनायो । विपिन शाहीले सर्वाधिक २० रन बनाए । अर्जुन घर्तीले १७, विपिन रावतले १५ र हिमांशु शाहीले १२ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा गण्डकीका चन्द्र पौडेल, सुबाश भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिए । खेलमा दीपक डुम्रे प्लेयर अफ द म्याच भए ।

≪ Previous Post

विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन

Next Post ≫

सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क