Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0
विन्ध्यवासिनी मन्दिरमा महायज्ञ :अपेक्षाभन्दा बढी भक्तजन र दान संकलन
90
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोतमा नगरपालिका –८, सूर्यपुरा स्थित विन्ध्यवासिनी मन्दिर क्षेत्र विकास समितिले महायज्ञ सञ्चालन गरेको छ । समितिले सञ्चालन गरेको महायज्ञ विशेष बनिसकेको भन्दै आयोजकले हर्ष व्यक्त गरेका छन् ।
गत बिहीबार देखि शुरू भएको महायज्ञमा अपेक्षाभन्दा बढी भक्तजन र दान समेत संकलन भएको मूल आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलले जानकारी दिनुभयो ।
महायज्ञको छैटौं दिनसम्म सयौं भक्तजंंनबाट पच्चीस लाख रूपियाँ भन्दा बढी नगद मात्रै संकलन भैसकेको आयोजक समितिका अर्थ सचिव केशव न्यौपानेले बताउनुभयो । तण्डुलाचल अर्थात् चामलको पर्वत बनाउने महायज्ञ भएका कारण चामल सहित अन्य विविध जिन्सीको हिसाब पछिमात्र गरिने मूल समितिका उपाध्यक्ष शान्ता बस्यालले उल्लेख गर्नुभयो ।
महायज्ञ आयोजकले चारनम्बरबाट सूर्यपुरासम्म निःशुल्क ई–रिक्सा समेत सञ्चालन गरेपछि टाढा–टाढाका जेष्ठ नागरिक समेतको आकर्षण बढेको मूल समितिका सचिव कृष्ण तिवारीले बताउनुभयो ।
महायज्ञ अन्तर्गत पर्सी (२९ गते) पूर्णिमाका दिनमा लक्ष्यवर्ती र चौरासी पूजाका लागि भक्तहरूको दर्ता समेत उत्साहजनक भएको आयोजकले बताएका छन् ।
विहानमा सञ्चालन हुने योग, दिउँसोको कथा प्रवचन र साँझको श्रृंगारिक महाआरतीमा गरी एकै दिनमा हजारौं भक्तजनको अपार उपस्थिति हुने गरेको हो ।
महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले मानव, अन्य प्राणी र समस्त पर्यावरणीय चक्रलाई सन्तुलनमा राख्न र मोक्षप्राप्तिका लागि समेत महायज्ञको वैज्ञानिक महत्व रहेको उल्लेख गर्नुभयो । साथै, प्रभुले आधुनिक विज्ञान समेत महायज्ञको विज्ञानका अगाडि नतमस्तक रहेको दावी गर्नुभयो ।

≪ Previous Post

सैनामैना गोल्डकप फूटवल : आज एपिएफ नेपाल र अभिषेक चर्च भिड्दै

Next Post ≫

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क