Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०८१ · 0
वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी
100
SHARES
ShareTweet

भैरहवा । बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । साइक्यू क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । साइक्यूको यो लगातार दोस्रो जित हो भने श्रीलंकन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । प्रतियोगितामा नेक्ससको यो दोस्रो जित हो भने जावेद गोहारको लगातार तेस्रो हार हो ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि श्रीलंकन टिमबाट पाएको १ सय १३ रनको लक्ष्य बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर १ सय १८ रन बनाउँदै सहजै भेट्टायो । उसको जितमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, साद इन्ब मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गरे । बलिङमा श्रीलंका राज्य सेवा क्रिकेट संघका रवि किरण र वाहिदले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टिमले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा १ सय १२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानी वासुपल्लीले अविजित ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै, राज विरले ३२ रन बनाए भने दुई खेलाडी शुन्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा साइक्यू क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २–२ तथा रकिब अहमदले १ विकेट हात पार्न सफल भए । खेलमा साइक्युका मुनिम सानरिअर म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद गोहार १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३, दिपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे । जावेद गोहारका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमरान नाजिरले १२ र अली हुसेनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाए । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद गोहारका जेम खानले ३ विकेट लिए । खेलमा नेक्सस रुपन्देहीका शाहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।

 

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड

Next Post ≫

रुपन्देहीमा जुवातास खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क