Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०८१ · 0
बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड
150
SHARES
ShareTweet

बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको छ ।
आगामी पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ को लागि सोमबार संघमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
औद्योगिक व्यापार मेला–२०८१ को मुल कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहनु भएको छ । मुल कार्यसम्पादन समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु रहने छन् । त्यस्तैगरी संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई मेला मुल सम्पादन समितिको सहसंयोजक सहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, सांकृतिक कार्यक्रम, साउण्ड सिष्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । उद्योग उपाध्यक्ष सुरज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको साथै व्यवसायिक संघसंस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी सेमिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवद्र्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको साथै राजनीतिक दल समन्वय, परिचय पत्र, स्टल निर्माण र खानेपानी तथा सरसफाईको जिम्मेवारी प्रदान गरिएको छ । संघका महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिको सदस्य सचिव तथा प्रवक्ताको साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजक सहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । संघका सचिव प्रतिक पोखरेललाई कार्यसम्पादन समितिमा सहसचिवको जिम्मेवारी प्रदान गरिएको छ । उहाँलाई प्रचारप्रसार, मञ्च, स्वागतद्वार तथा सजावट र श्रव्यदृश्य तथा समारोह व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सहकोषाध्यक्ष धनकुमारी खनाललाई आर्थिक समितिको सहसंयोजक सहित उपहार तथा प्रमाणपत्र, आन्तरिक सञ्चार र महिला उद्यमी प्रवद्र्धनको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुलाई मुल कार्यसम्पादन समिति अन्तरगतका उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जस अन्तरगत कार्यसमिति सदस्यहरु निर्मित कसजूलाई सांस्कृतिक कार्यक्रम, स्टेज सञ्चालन एवं साउण्ड सिष्टम उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । दीपक चापागाईलाई प्रचारप्रसार उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरु टिकाराम वञ्जाडेलाई स्टल दर्ता तथा वितरण उपसमिति, जमुना पौडेललाई श्रव्यदृश्य उपसमिति, सुनिता शर्मा बञ्जाडेलाई महिला उद्यमी प्रवद्र्धन उपसमिति, कृष्णप्रसाद पाण्डेलाई गेट तथा स्टेज निर्माण तथा व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई खाना तथा खाजा व्यवस्थापन, रामबहादुर भण्डारीलाई पूर्वाधार (स्टल) निर्माण उपसमिति, उमेश अमात्यलाई परिचयपत्र व्यवस्थापन उपसमिति र दीप आचार्यलाई सौजन्य व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरु लक्ष्मण ज्ञवालीलाई सचिवालय व्यवस्थापन, जगन्नाथ न्यौपानेलाई प्रवेश टिकट व्यवस्थापन, दीपक घिमिरेलाई पानी तथा सरसफाई व्यवस्थापन, विष्णु घिमिरे पन्तलाई स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्यहरु विष्णु पौडेललाई विद्युत व्यवस्थापन, रेनु श्रेष्ठलाई प्रमाणपत्र, उपहार तथा समारोह व्यवस्थापन र वालकृष्ण पौडेललाई उद्योग, पर्यटन प्रवद्र्धन, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई घरेलु तथा हस्तकला प्रवद्र्धन उपसमिति, नरिश्वर शर्मा पौडेललाई वाल उद्यान व्यवस्थापन उपसमिति, मोहम्मद याकुवलाई कृषि प्रवद्र्धन तथा बजारीकरण उपसमिति र काशीराम शर्मालाई सुरक्षा तथा पार्किङ व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

≪ Previous Post

नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

Next Post ≫

वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क