Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
बाँदरले अन्न वाली सखाप पारेपछि अर्घाखाँचीका किसान चिन्तित
80
SHARES
ShareTweet

बाँदर धपाउंदा मरेङ्गका एक युवकको ज्यान गयो



संसार पोष्ट
अर्घाखाँची, २२ साउन । अर्घाखाँचीमा बाँदर आतंक मच्चिएको छ । पाक्न थालेको मकै लगायतका अन्य अन्न बाली बाँदरले सखाप पार्न थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाँउमा मकै लगायतका अन्नबाली जोगाउन किसानहरु बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दापनि अन्नबाली जोगाउन नसकिएको उनीहरुको गुनासो छ ।
गाउँमा यस्तै बाँदर आतंक मच्चिए पछि स्थानीय सरकारले बाँरद नियन्त्रणका लागि पहल थालेको थियो । सन्धिखर्क र छत्रदेव गाँउपालिकाले एकबर्ष अँघि गाँउ–गाँउमा बाँदर हेरालुको ब्यवस्था समेत गरेका थिए । बाँदर हेरालुको ब्यबस्था गर्दापनि बाँदर नियन्त्रण गर्न नसकिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वाङ्गला, डिभर्ना, भूमिकास्थानको धनचौर, ढिकुरा, पाणिनी गाँउपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांस गाउँहरुमा बाँदरले अन्नबाली सखाप पारेको छ ।
जिल्लाको अत्याधिक वनक्षेत्र भएको शितगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरसंगै दुम्सी र बँदेलले समेत अन्नबालीमा क्षती पुराएको सो क्षेत्रका किसान वताउछन् ।
मंगलवार मकैबारीमा पसेको बाँदर धपाउने क्रममा मालारानी गाउँपालिकामा एक जनाको ज्यान समेत गएको थियो । घरको बारीमा मकै खान आएको बाँदर लखेट्ने क्रममा मालारानी गाउँपालिका–२, मरेङ्गका ३६ बर्षिय विजय केसीको ज्यान गएको हो ।

≪ Previous Post

अर्घाखाँचीमा अर्घा भगवती विमानस्थलको सिलन्यास

Next Post ≫

आजको राशिफल ( २३ साउन २०७६ बिहिवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क