Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान–प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान–प्रदान

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८० · 0
गुल्मेली सम्पर्क समाजमा शुभकामना आदान–प्रदान
50
SHARES
ShareTweet

तिलोत्तमा । नेपालीका महान चाडपर्वहरू आगमनको अवसरमा गुल्मेली सम्पर्क समाज रूपन्देहीले बिहीबार स्वागत, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो ।
जिल्लाको तिलोत्तमा–४ डिङ्गरगर स्थित समाजको मातहत रहेको श्रृङ्गेश्वर धाममा बिजया दशमी, दीपावली, छठ, नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै सङ्घीय सांसद वासुदेव घिमिरेले चाडपर्वले पारिवारिक, सामाजिक र राष्ट्रिय एकताका निम्ति सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले गुल्मेलीहरू आफ्नो जन्मथलोभन्दा बाहिरसमेत एकता, शान्ति, सहकार्यको नमुना बन्दै असल कार्य गर्न सफल भएको बताउनुभयो ।
समाजले सञ्चालन गर्दै आएका अभियानमा सुरुका दिनदेखि नै आफ्नो महत्त्वपूर्ण सहयोग रहेको भन्दै सांसद घिमिरेले आगामी दिनमा दिगो हुने गरी संस्थालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रूपन्देहीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले संस्थाका सार्थक अभियानहरूका बारेमा परिचित हुन पाउँदा आफूलाई गौरव लागेको बताउनुभयो । उहाँले संस्थाको हितमा आफूले निरन्तर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै संस्था संचालनका लागि आफ्नो एक महिनाको तलव संस्थालाई प्रदान गर्ने बताउनु भयो ।
सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रजिअ बाबुराम गौतम, समाजका सल्लाहकार एवम् पूर्व प्रजिअ टिकाराम घिमिरे, समाजका संस्थापक प्रा. डा. जिवलाल सापकोटा, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, संस्थापक सदस्य एवम् पत्रकार खिमानन्द भट्टराई, सल्लाहकार लोकनाथ उपाध्याय, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष ओमी पुन, वरिष्ठ सर्जन डा.कृष्ण खनाल, सम्पर्क समाजका सिद्धार्थनगर अध्यक्ष केशवराज ज्ञवाली, कवि सरु ज्ञवाली, समाजका उपाध्यक्ष पारसमणि भण्डारी, महासचिव कृष्णप्रसाद पोखरेल लगायतले बोल्दै आउँदै गरेका पर्वहरू बडा दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा मन्तव्य र कविताका माध्यमबाट शुभकामना शुभकामना ब्यक्त गर्नुभयो ।
सो अवसरमा नव आगन्तुक पमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याललाई संस्थाले सम्मान गर्नुका साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०६० मा स्थापित समपर्क समाजले आफ्नै भवन परिसरमा श्रृृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र, छोरी शिक्षा कार्यक्रम, रेसुङ्गा अलौकिक सहकारी संस्थालगायतका संस्था सञ्चालन गरी धामलाई धार्मिक, सामाजिक, शैक्षिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै आएको समाजका अध्यक्ष डा. पन्तले बताउनु भयो ।

≪ Previous Post

देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण शुरु

Next Post ≫

बडा दशैंलाई उत्सवका रुपमा मनाउन तिलोत्तमाको होटल पौवाले ‘सराय नृत्य’ प्रदर्शन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क