Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
चेतना थापाको नयाँ तीज गीत ‘सिम सिमे पानीमा’ सार्वजनिक
90
SHARES
ShareTweet

गीतले आम दर्शक र धेरै श्रोताको मन जित्ने अपेक्षा

संसार पोष्ट



बुटवल, २१ साउन । नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र माईतीमा भेट भएका साथि संगतिसंग मिलेर रमाईलो गर्दै गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको छ । पर्व हुनु अगाडी नै तारे होटलमा दर खाने र डिस्को डान्समा रमाउने प्रचलन बढ्दो छ ।
पश्चिमा संस्कृतिको प्रभाव र उत्तरआधुनिकतावादले तीज पर्व निकै भड्किलो बन्दै जानुका साथै तीजमा गाइने गीतको कथावस्तु, मौलिकता र गायनशैलीमा समेत निकै परिवर्तन आएको छ ।
यस्तै गीतहरुको भीडमा नेपाली लोकसंस्कार, साँस्कृतिक पद्दति र मौलिकतालाई आत्मसाथ गरेर लोक गायिक चेतना थापाको तीज गीत “सिम सिमे पानीमा” बजारमा सार्वजनिक गरिएको छ ।
राजनीति, सामाजिक सेवा र कलाकारितालाई उनले संगसैगै अगाडी बढाएकी छन् । चेतनाको आवाजलाई संगीत क्षेत्रमा निकै रुचाईएको पनि छ । नेपाली महिलाको महान पर्व तीजले बजार तात्दै गर्दा पाल्पा रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी चेतनाले भर्खरै बजारमा ल्याएको तीज गिती एल्बम “सिम सिमे पानी” मा उनको आफ्नै स्वर रहेको छ । गीतमा लय शब्द शिब हमालको रहेको छ ।


यस गीतको संगीत सम्योजन विश्वास नेपाल र श्रृँगार सगुन शर्माले गरेका छन् भने गीतको सम्पादन, छायाँकन र निर्देशन बिष्णु भट्टराईले गरेका छन् । गीतमा करिष्मा ढकालको अभिनय रहेको छ ।
म्यूजिक भिडियो समेत तयार भएको यो गीतमा परिवर्तित समय अनुसार चल्न दिदीबहिनीहरूलाई सन्देश दिने प्रयास गरिएको छ । यो गीत मार्फत चेलीहरुको माईती घरको मोह र मायालाई प्रष्टसंग दर्शाइएको छ । माईतीहरु प्रशस्त भएर पनि तीजमा चेलीलाई माईती घरमा नबोलाएको र लिन नआएको भनेर चेलीहरुले गर्ने गुनासोलाई पनि गीतमा सम्बोधन गरिएको छ ।
समग्रमा गीतले सामाजिक चेतना जगाउने र पश्चिमा संस्कृतिलाई परिवर्तन गरिनुपर्ने आवाज बुलन्द पारेको छ । गीतले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ । गाउँपालिको उपाध्यक्षको जिम्मेवारी र ब्यस्त दैनिकी बावजुद चेतनाले कलाकारिता क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएकी छन् । उनले अहिलेसम्म मादलुको तालमा, आहा रेलुमै र जुरेली चरी सहित तीन वटा गिती एल्वम सार्वजनिक गरिसकेकी छन् भने “सिम सिमे पानी” भर्खरै बजारमा आएको नयाँ गिती एल्वम हो ।
पृथक र बेग्लै प्रस्तुतिका साथ आएकी थापाले यस गीतको छायाँकन रैनादेबी छहरा गाउँपालिकाको सेरोफेरोमा गरेकी छन् ।
यस गीतले आम दर्शक, श्रोताको मन जित्ने विश्वास गायिका थापाको छ । अघिल्लो वर्षका तीज गीतले युट्युबमा धेरै दर्शक पाएकाले यो गीतले अझ धेरै पाउने अपेक्षा गायिका थापाको छ । विगतका गिती एल्वम भन्दा यो एल्वम धेरै फरक र सुधारिएकाले पनि धेरै दर्शक र श्रोता पाउने अपेक्षा लिएको छु गायिका थापाले भनिन् । श्रीमान र घर परिवारको राम्रो साथ र सहयोग रहेकाले राजनीति, समाजसेवा र कलाकारितालाई संगै अगाडी बढाउन धेरै सहयोग पुगेको गायिका थापाले बताइन ।

https://www.youtube.com/results?search_query=%E0%A4%9A%E0%A5%87%E0%A4%A4%E0%A4%A8%E0%A4%BE+%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE+%E0%A4%B8%E0%A4%BF%E0%A4%AE+%E0%A4%B8%E0%A4%BF%E0%A4%AE%E0%A5%87+
≪ Previous Post

पत्रकार पुडासैनी होटलमा मृत भेटिए

Next Post ≫

कालिका क्याम्पसले २० करोड लागतमा निर्माण गर्ने भवनको शिलन्यास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क