Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८० · 0
नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम
120
SHARES
ShareTweet

तिलोत्तमा । यतिबेला जताततै हिन्दु महिलाहरुको एउटा महत्वपुर्ण पर्व तीजको रौनक छाएको छ । पछिल्लो समय तीज आउनुभन्दा एक महिना अगाडी देखिनै नेपाली महिलाहरुले तीजको नाचगान र दर खाने कार्यक्रम गरेका छन् ।
तीजकै अवसर पारेर नेपाली काङ्ग्रेस वडा समिति तिलोत्तमा –३ रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ ।
तिलोत्तमाको बनबाटिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गङ्गा शाहीले तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा भएको बताउनु भयो । आधुनिक समाजमा तीजको महत्वलाई फरकरुपले व्याख्या गरिए पनि सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा बसी बाँकी जीवन बिताउनु पर्ने र यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य चित्र केसी, तिलोत्तमा नगर सभापति हरिलाल पान्डे, तिलोत्तमा ३ का वडा सदस्य सीता बिष्ट, महिला संघका वडा सभापति हिरा अधिकारी, वडा समितिका सचिव दिनेश सुवेदी, सहसचिव बिना मल्ल, कोषाध्यक्ष राजु पौडेललगायतले बोल्दै महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तीज पर्वको ठूलो भूमिका रहेको बताउनु भयो ।
वडा सभापति केशरी पान्डेले नेपाली काङ्ग्रेस वडा समितिले राजनीतिक र सामाजिक गतिबिधी सङ्गै मौलिक परम्परा र सांस्कृतिक पर्वहरुको जगेर्ना गर्ने कार्य पनि गर्दै आइरहेको बताउनु भयो ।
तीज मिलन तथा दर खाने कार्यक्रममा वडाका महिला पुरुष गरि करिव ३०० जनाको सहभागिता रहेको वडाका उपसभापती पदम पौडेलले जनकारी गराउनु भयो । कार्यक्रममा रमाइलो नाचगान सहित सहभागिहरुलाइ मिठो दर खुवाइएको थियो ।

≪ Previous Post

श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै

Next Post ≫

इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क