Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0
इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता
60
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका इट्टा व्यवसायीले इट्टा उद्योगलाई   बालश्रम मुक्त उद्योग बनाउने प्रतिवद्वता जनाएका छन् । अबका दिनमा कुनैपनि इट्टा उद्योगहरुमा  बालवालिकाहरुलाइ कुनै खालको श्रममा नलगाई उद्योग भित्रै पठनपाठनको ब्यवस्था मिलाउने र  बिद्यालय जाने बालबालिकालाइ  पढ्नका लागि बुद्यालय पठाउने  बताएका छन् ।

सबै इट्टा उद्योगहरुलाइ  बालश्रम मुक्त गराउनका लागि आवश्यक तयारी पुरा भएको उनीहरुले  जानकारी गराएका छन् । नेपालको कानुनले बालश्रमको निषेध गरेकाले सोही काुनको पालना गरी इट्टा उद्योगहरुलाई  बालश्रम मुक्त गरिने उनीहरुले बताए । पहिला पनि बालवालिकालाई काममा नलगाइएको र आफ्ना अभिभावक काममा आउंदा बालवालिकासंगै ल्याएर आउने हुंदा इट्टा व्यवसायीले बालश्रम शोषण गरे भन्ने आरोप लाग्ने गरेको व्यवसायीको गुनासो छ ।

नेपाल इट्टा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सोमबार रुपन्देहीको सैनामैना स्थित सोना इट्टा उद्योगमा  भएको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागि लुम्बिनी प्रदेशका इट्टा व्यवसायीले इट्टा उद्योगहरुलाई  बालश्रम मुक्त उद्योग  बनाउने प्रतिवद्वता जनाए । इट्टा उद्योगहरुलाई  बालश्रम मुक्त गराई बालविकास केन्द्र स्थापना गरी मजदुरका छोरा छोरीहरुलाई शिक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल इट्टा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केपी अबालेले श्रमको सम्मान गर्ने र बालवालिकालाई काममा होइन शिक्षामा लगाउने बताउनु भयो ।

इट्टा उद्योगमा  बालवालिकाको सहभागिता भएपनि बालश्रम नभएको उहाले दावी गर्नु भयो ।

लुम्बिनी प्रदेशकै नमुना उद्योगको रुपमा रहेको रुपन्देहिको सैनामैना स्थित सोना उद्योगका संचालक बिक्रम रत्न बज्राचार्यले उद्योगमा इट्टाको उत्पादन बढेपनि माघ घट्दै गएपछि इट्टा व्यवसायीले पछिल्लो समयमा घाटाको  व्यापार गर्नुपरेको  बताउनु भयो ।

उद्योगमा श्रमका लागि आउने मजदुरका  छोरा छोरीलाई उद्योगमै  बालविकास केन्द्र स्थापना गरेर  पढ्ने  वातवरण मिलाइएको  र स्कुल जाने बालबालिकालाई स्कुल  पठाउने गरी व्यवस्था मिलाइएको बज्राचार्यले बताउनु भयो ।

उक्त भेलामा कपिलबस्तुका  इट्टा व्यवसायी गुणनिधी भुसाल, बाकेका ब्यवसायी  केशव भण्डारी, रुपन्देहीका गोर्कण खड्का, नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीलगायतले बोल्दै उत्पादन भएका इट्टा विक्री नहुंदा इट्टा व्यवसायीले बैंकको व्याज समेत  तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नु भयो ।

निर्माणका कामहरु नहुंदा इट्टा विक्री नभएपछि घाटा लागेको बताउने इट्टा व्यवसायीहरु अब उत्पादन लागत घटाउने विषयमा छलफल चलाउने सोंचमा छन् ।

≪ Previous Post

नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम

Next Post ≫

माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपरौं : कांग्रेस नेता सिटौला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क