बुटवल । लुम्बिनी प्रदेशका इट्टा व्यवसायीले इट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग बनाउने प्रतिवद्वता जनाएका छन् । अबका दिनमा कुनैपनि इट्टा उद्योगहरुमा बालवालिकाहरुलाइ कुनै खालको श्रममा नलगाई उद्योग भित्रै पठनपाठनको ब्यवस्था मिलाउने र बिद्यालय जाने बालबालिकालाइ पढ्नका लागि बुद्यालय पठाउने बताएका छन् ।
सबै इट्टा उद्योगहरुलाइ बालश्रम मुक्त गराउनका लागि आवश्यक तयारी पुरा भएको उनीहरुले जानकारी गराएका छन् । नेपालको कानुनले बालश्रमको निषेध गरेकाले सोही काुनको पालना गरी इट्टा उद्योगहरुलाई बालश्रम मुक्त गरिने उनीहरुले बताए । पहिला पनि बालवालिकालाई काममा नलगाइएको र आफ्ना अभिभावक काममा आउंदा बालवालिकासंगै ल्याएर आउने हुंदा इट्टा व्यवसायीले बालश्रम शोषण गरे भन्ने आरोप लाग्ने गरेको व्यवसायीको गुनासो छ ।
नेपाल इट्टा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सोमबार रुपन्देहीको सैनामैना स्थित सोना इट्टा उद्योगमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागि लुम्बिनी प्रदेशका इट्टा व्यवसायीले इट्टा उद्योगहरुलाई बालश्रम मुक्त उद्योग बनाउने प्रतिवद्वता जनाए । इट्टा उद्योगहरुलाई बालश्रम मुक्त गराई बालविकास केन्द्र स्थापना गरी मजदुरका छोरा छोरीहरुलाई शिक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल इट्टा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केपी अबालेले श्रमको सम्मान गर्ने र बालवालिकालाई काममा होइन शिक्षामा लगाउने बताउनु भयो ।
इट्टा उद्योगमा बालवालिकाको सहभागिता भएपनि बालश्रम नभएको उहाले दावी गर्नु भयो ।
लुम्बिनी प्रदेशकै नमुना उद्योगको रुपमा रहेको रुपन्देहिको सैनामैना स्थित सोना उद्योगका संचालक बिक्रम रत्न बज्राचार्यले उद्योगमा इट्टाको उत्पादन बढेपनि माघ घट्दै गएपछि इट्टा व्यवसायीले पछिल्लो समयमा घाटाको व्यापार गर्नुपरेको बताउनु भयो ।
उद्योगमा श्रमका लागि आउने मजदुरका छोरा छोरीलाई उद्योगमै बालविकास केन्द्र स्थापना गरेर पढ्ने वातवरण मिलाइएको र स्कुल जाने बालबालिकालाई स्कुल पठाउने गरी व्यवस्था मिलाइएको बज्राचार्यले बताउनु भयो ।
उक्त भेलामा कपिलबस्तुका इट्टा व्यवसायी गुणनिधी भुसाल, बाकेका ब्यवसायी केशव भण्डारी, रुपन्देहीका गोर्कण खड्का, नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीलगायतले बोल्दै उत्पादन भएका इट्टा विक्री नहुंदा इट्टा व्यवसायीले बैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नु भयो ।
निर्माणका कामहरु नहुंदा इट्टा विक्री नभएपछि घाटा लागेको बताउने इट्टा व्यवसायीहरु अब उत्पादन लागत घटाउने विषयमा छलफल चलाउने सोंचमा छन् ।